नेपाल आयल निगमको चितवनको जग्गा अनुगमन : समितिले हेर्दै,फर्कदै

काठमाडौं, भदौँ १० । व्यवस्थापिका संसद्को उद्योग वाणिज्य तथा उपभोक्ता हित संरक्षण समिति अन्र्तगतको उपसमितिले नेपाल आयल निगमले चितवनमा खरिद गरेको जग्गाको स्थलगत अनुगमन गरेको छ ।

उपसमितिका संयोजक सुवासचन्द्र शाह ठकुरी नेतृत्वको टोलीले बिहीबार चितवनको राप्ती नगरपालिका लोथर पुगी जग्गाको निरीक्षण गरेको हो । स्थलगत निरीक्षणको क्रममा टोलीले जनप्रतिनिधी, स्थानियबासी र सरोकारवालाहरुसँग जग्गाको वास्तविक मूल्यको विषयमा जानकारी समेत लिएको छ ।

नेपाल आयल निगमले इन्धन भण्डारणका लागि मुलुकका विभिन्न स्थानमा गरेको जग्गा खरिदमा आर्थिक चलखेल भएको विषय समितिमा प्रवेश भएपछि समितिले त्यसको छानबिन गर्न उपसमिति गठन गरेको थियो । आयल निगमले खरिद गरेको जग्गामा अनियमितता भए नभएको छानबिनका लागि उपसमितिले स्थलगत अनुगमन गरेको हो । अनुगमनका क्रममा जग्गाको मूल्यमा एकरुपता नपाईएको र जग्गा प्राप्ति ऐन विपरीत भएको प्रारम्भिक ठहर उपसमितिले गरेको छ ।

नेपाल आयल निगमले राप्ती नगरपालिकाको वडा नं. १ लोथर ड्याकको आडमा २३ बिघा १२ कठ्ठा जग्गा प्रति कठ्ठा १५ लाख ८५ हजार रुपौयाँका दरले खरिद गरेपछि त्यहाँका स्थानीयबासी तथा जनप्रतिनिधिले यो मूल्य चलनचल्तीको भन्दा निकै बढी भएको बताउँदै विरोध गर्दै आएका छन् । अब यसबारे उप–समितिले ऐन अनुरूप कामकारबाही अघि बढ्ने संयोजक ठकुरीले जानकारी गराए । तर, कहिलेसम्ममा यो प्रक्रियाको फर्छौट हुन्छ भन्नेमा ठकुरीले यकिन जवाफ दिएनन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *