बाढीपीडितका लागि कांग्रेसले गर्यो रु. एक करोड संकलन

२०७४ जेठ १५ गते

“
काठमाडौँ, भदौ ९ । नेपाली काँग्रेसले बाढीपहिरो पीडित जनताको सहयोगका लागि रु एक करोड छ लाख ९० हजार ६४० संकलन गरेको छ ।
केही दिन अगाडि मुलुकका विभिन्न भागमा परेको अविरल वर्षा र पहिराका कारण पीडामा परेका जनतालाई सहयोगस्वरुप पार्टीका सांसदको एक महिनाको तलबबाट उक्त रकम संकलन गरेको हो ।
सो रकम आज पार्टी केन्द्रीय कार्यालय सानेपामा काँग्रेस संसदीय दलका सचिव धुव्र वाग्लेले पार्टीका कावा सभापति विमलेन्द्र निधिलाई हस्तान्तरण गर्नुभयो । उक्त रकम कांग्रेस बाढीपीडित कोषको खाता नं ०१३५–११–००१००७५ मा जम्मा गरिने नेता निधिले जानकारी दिनुभयो ।
“

२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित