आज नेपाल अाइडलबाट को बाहिरिन्छन् ?

भदौ ९, काठमाडौं । पछिल्लो समय निकै नै लोकप्रिय बन्दै गइरहेको रियालिटी टेलिभिजन सोमा शुक्रबार एक जना बाहिरिने छन् । निकै नै राेचक र प्रतिष्पर्धात्मक बन्दै गएकाे नेपाल अाइडलमा अाज कसले रुवाउने हाे त्याे भने दर्शककै हातमा रहेको छ ।

विभिन्न चरणहरु पार गर्दै अहिले नेपाल आइडलमा पाँच जना प्रतिष्पर्धी बाँकी रहेका छन् । मोरङका निशान भट्टराई, नारायणगढ चितवनका सागर आले, रुपन्देहीकी सुजाता पाण्डेय, पोखराका बुद्ध लामा तथा ललितपुरका प्रताप दासमध्ये शुक्रबार एक जना बाहिरिने छन् ।

दर्शकको भोट नै निर्णायक भएकाले को बाहिरिन्छ भन्ने अनुमान गर्न गाह्रो छ । यद्यपी सामाजिक सञ्जालमा अड्कलबाजी गर्ने कार्य भइरहेको छ । सबै प्रतियोगीका प्रस्तुतिले दर्शक र निर्णायकको मन जित्न सफल भएको छ ।

यस अघि नै बाहिरिएका प्रतियोगी सुरज थापाले सबैलाई रुवाएर गए । झलकमान गन्धर्वको गीत ‘हे बरै’ मा उनले दमदार प्रस्तुति दिएका थिए । गत हप्ता उनी बाहिरिने दिनमा पनि निर्णायक मण्डलकी सदस्य इन्दिरा जोशी, अन्य प्रतिष्पर्धी र दर्शकसमेत रोएका थिए ।

त्यस्तै, पहिले नै बाहिरिएका प्रताप लामा, मेनुका पौडेल, अफसर अली, प्रमिला राई, उल्सन श्रेष्ठ, केञ्जल मेहर श्रेष्ठलगायतका प्रतियोगीको प्रस्तुति दर्शकले निकै मन पराएका थिए । नेपाल आइडलको ग्रान्ड फिनाले भने कतारमा हुने जनाइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *