मोदीले हाले, शुष्माले दिइन् र देउवाले पिए

भदाै ९, नयाँदिल्ली । प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणमा धेरै रोचक घटनाहरू भएका छन् । त्यसमध्ये एउटा घटनाले भने दिल्लीमा नेपाली टोलीमाझ निकै चर्चा पाएको छ । घटना हो, बिहीबारको । द्धिपक्षी वार्तापछि संयुक्त पत्रकार सम्मेलन चल्दै थियो । नेपालका प्रधानमन्त्री देउवाले आफ्नो भ्रमण र यसअवधिमा भारतसँग भएका सहमतिका बारेमा धारणा राख्दै थिए ।

त्यसैक्रममा प्रधानमन्त्री देउवा बीचबिचमा खोक्न थाले । उनको स्वास्थ्यमा सामान्य गडबडी भएको थियो । त्यही भएर होला, उनी स्वास्थ्य समस्या रहेका देउवा बोल्दाबोल्दै बिच बिचमा खोक्दै रोकिन्थे । देउवाको यो अवस्था देखेपछि मोदीको नजर नजिकैको पानीको बोतलतिर पर्‍यो ।

देउवा बोलिरहँदा उनले बोतलको पानी ग्लासमा खन्याइसकेका थिए । पानी ग्लासमा खन्याइसकेपछि मोदीले भारतीय विदेशमन्त्री शुष्मा स्वराजतर्फ इसारा गरे । स्वराज आएर त्यो ग्लास बोकेर देउवाको अगाडि राखिदिइन । र, पानी पिउन देउवालाई इसारा गरिन ।

घाँटीमा खसखस भएर होला, बोल्दाबोल्दै बिचमा खोकिरहेका देउवालाई सहृदयी रूपमा स्वराजले पानी दिइन, देउवाले पिए र आफ्नो मन्तव्य टुङग्याए । शुष्माले पानी दिँदा देउवा निक्कै भावुक देखिन्थे । उनी भावनामा बहकिएझैं देखिए । त्यही क्षणमा देउवाले नेपालको भूमि भारतबिरुद्ध कुनै पनि हालतमा प्रयोग गर्न दिन्न भन्दै प्रतिबद्धता व्यक्त गरे ।

देउवालाई पानी पियाउन मोदी र शुष्मा आफै सक्रिय भइरहँदा नेपाली डेलिगेशन भने लाजले पानी पानी देखिएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *