कपाल झरेर दिक्क हुनुहुन्छ भने यसो गर्नुस

एजेन्सी । दहीमा कागतीको रस मिसाएर दैनिक कपालमा लगाउनाले कपाल झर्नबाट बच्न सकिन्छ । कुनै खानामा यस्तो खालको न्युट्रिएन्स रहेको हुन्छ जसले गर्दा तपाइको कपाललाई पूर्ण रूपमा मझ्भुत बनाइदिन्छ् । भारतका ब्युटी एक्सपर्ट किरण बाबाको टिमले हालै गरेको अनुसन्धनमा १० वटा सजिला तरिकाहरुको पुष्टि गरेका छन् जसलाई पालना गर्दा कपालका सबै खाले सम्स्याबाट छुट्कारा प्राप्त गर्न सकिन्छ ।

१) अमला टुक्रा गर्ने र नरिवलको तेलमा मिसाउने । त्यसपछि, एक छिन घाममा अथवा आगोको प्रयोग गरी तातो बनाउने । अव फेरी त्यसलाई सेलाउने र कपालको जरामा पुग्ने गरी त्यसलाई लगाउने । यस्तो गर्दा कपाल झर्ने सम्स्याबाट मुक्त हुन सकिन्छ ।

२) अन्डाको पहेलो भागलाई मिसाउने र धैरै समयसम्म त्यसलाई घोल्ने । त्यसपछि घोलीएको रसलाइ कपाको जरा जरामा लगाउने । एसले गर्दा कपालाई मझ्भुत बनाउनुका साथै कपाल झर्ने क्रमलाई रोक्न सकिन्छ ।

३) ग्रिन टी अर्थात् हरियो चियालाई पानीमा उमाल्ने र त्यसलाई करिब एक घण्टा सम्म सेलाउने र त्यो रसमा कागतीको रस मिसाउने । त्यसपछि कपालमा लगाउने र घाम लागेको ठाउँमा गएर कपाललाई सेकाउने । यस्तो तरिका अप्नाउँदा तपाइलृे कपाल झर्ने समस्यालाई पर भगाउन सक्नुहुन्छ ।

४) घिउकुमारीमा रहेको चिल्लो पदार्थ निकालेर कपाल झरेको ठाउँमा अथवा कपाल नभएको ठाउँमा लगाउने र आधा घण्टा पछि त्यसलाई सफा पानीले पखाल्ने । यस्तो गर्दा कपाल झर्ने समस्यामा अलिक कम हुने गर्दछ ।

५) अनारको बोक्रालाई मसिनो गरी पिसेर टाउकोमा लगाउनाले कपाल बाक्लो हुने र कपाल झर्नबाट बच्न सकिन्छ । यो उपायलाई अप्नाउदा तपाइको कुनै पैसा खर्च गर्नु नपर्ने बिग्यहरुको भनाई रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *