अनेरास्ववियु क्रान्तिकारीको नेतृत्व चयन निर्वाचनबाट हुने

काठमाडौं, भदौ ९ । अनेरास्ववियु क्रान्तिकारीको नेतृत्व चयन निर्वाचनबाट हुने भएको छ । सिमित पदका लागि आकांक्षी धेरै भएका कारण निर्वाचनबाटै नेतृत्व चयनको अवस्था सिर्जना भएको छ । अस्तिबाट सुरु भएको सम्मेलनमा नेतृत्वमा सर्वसम्मत हुने सम्भावना निकै कम भएको सहभागीहरूले बताएका छन् । आज निर्वाचन प्रक्रिया सुरु हुनेछ । निर्वाचन भएमा माओवादी र यसका भातृ संस्थाभित्र यस्तो अभ्यास पहिलोपटक हुनेछ ।

माओवादीको अन्तरपार्टी सङ्गठनभित्र अहिलेसम्म कुनै पनि संगठनमा निर्वाचनमार्फत् नेतृत्व चयन भएको छैन । निर्वाचन गर्न क्रान्तिकारीले यसअघि नै संगठनका पूर्व अध्यक्ष रमेश मल्लको संयोजकत्वमा पूर्व अध्यक्षहरू रत्न ढकाल, सन्तोष विष्ट र विष्णु खनाल रहेको निर्वाचन समिति गठन गरिसकेको छ ।

सम्मेलनमा दुई हजार ७६ प्रतिनिधि सहभागी छन् । अध्यक्ष पदका लागि रञ्जित तामाङ, अनिल शर्मा, सुरेन्द्र बस्नेत, पञ्चा सिंह लगायतले इच्छा व्यक्त गर्नुभएको छ । सङ्गठनको महासचिव पदमा कम्तीमा १२ जना आकाक्षी देखिएका छन् । सम्मेलनले ३३ पदाधिकारीसहित २४३ सदस्यीय नयाँ कार्यसमिति चयन गर्नेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *