कतारमा घरेलु कामदारको लागि आयो यस्तो ‘नयाँ कानुन’

मस्कट (ओमन) भदौ ९ । कतारले घरेलु कामदारका थप सुरक्षा र अधिकार प्रत्याभूति गर्न नयाँ कानुन जारी गरेको छ । नयाँ कानुनले नेपालले घरेलु कामदारको सुरक्षा लागि तयार गरेको घरेलु कामदार निर्देशिकाका अधिकांश विषयलाई सम्बोधन गरेको खबर आजको कान्तिपुरमा  छ ।

कतारका अमिर सेख तमिम विन हमाद अल–थानीले मंगलबार ‘घरेलु कामदारको कानुन नम्बर १५–२०१७’ लालमोहर लगाई जारी गरेका हुन्। यो कानुनले घरेलु कामदारका रुपमा पुरुष र महिला दुवैलाई सम्बोधन गरेको छ।

घरेलु कामदारलाई श्रम कानुन नलाग्ने भएकोले यो छुट्टै कानुन ल्याइएको हो ।

नयाँ कानुनमा घरेलु कामदारलाई,

-वर्षमा तीन साताको उपदान दिनुपर्ने
-सातामा एक दिन बिदा दिनुपर्ने
-बिदामा काममा लगाउन नपाउने
-बस्ने सुरक्षित आवास दिनुपर्ने
-महिना समाप्त भएको तीन दिनभित्र बैंकबाट तलव दिनुपर्ने वा
-तलव दिएको रसिद दिनुपर्ने
-कामदारलाई राम्रो व्यवहार गर्नुपर्ने
-लत्ताकपडा र औषधिउपचारको सुविधा दिनुपर्ने उल्लेख छ।

नयाँ कानुनले घरेलु कामदारको हातमा करारपत्र दिनुपर्ने व्यवस्था गरेको छ ।

नयाँ कानुन जारी भएपछि,

-उँटको हेरचाह गर्ने
-खेतीकिसानी गर्ने
-घरको ड्राइभर
-घरमा खाना पकाउने र हेरालीलगायत
बगैँचामा काम गर्ने नेपालीसहित विदेशी कामदार लाभान्वित हुने भएका छन्।

यी क्षेत्रमा हाल कम्तीमा ५० हजार नेपाली कार्यरत छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *