दिल्लीमा देउवाको प्रतिबद्धता : ‘सबैलाई स्वीकार्य हुने गरी संविधान संशोधन’

काठमाडौं, भदौ ९ ।  प्रधानमन्त्री शेरबहादुर देउवाले निकट भविष्यमा सबैलाई स्वीकार्य हुने गरी संविधान संशोधन गराउने प्रतिबद्धता व्यक्त गरेका छन् ।भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग हैदरावाद हाउसमा भेटवार्तापछि आयोजित संयुक्त पत्रकार सम्मेलनमा प्रधानमन्त्री देउवाले असन्तुष्ट सबै वर्ग र समुदायलाई समेटेर संविधान संशोधन गर्ने प्रतिबद्धता जनाएका हुन् ।

‘संविधान संशोधनका केही मुद्दा अझै थाती छन्, राष्ट्रिय जनता पार्टी तथा दक्षिणी भागका जनताको मागलाई सम्बोधन गर्दै संविधानलाई सर्वस्वीकार्य बनाउन पुनः संशोधन प्रयास गर्नेछु’, देउवाले भने, ‘निकट भविष्यमा दुईतिहाइ बहुमत जुटाएर सबैलाई स्वीकार्य हुने संविधान बनाउँछौं ।’

स्थानीय तह निर्वाचन सम्पन्न गरेकामा देउवालाई बधाई दिँदै भारतीय प्रधानमन्त्री मोदीले संविधान संशोधनप्रति चासो व्यक्त गरेका थिए । मोदीले तराई-मधेसकेन्द्रित दलहरूको मागतर्फ संकेत गरी देउवालाई सुझाव दिँदै भने, ‘सबै नागरिकसँगको वार्तालाई जारी राखी उनीहरूको आकांक्षालाई सम्बोधन गरे संविधान कार्यान्वयन सफल हुन्छ ।’

स्वागत, शुभकामना, नाकाबन्दी
-मोदीले संविधानको स्वागत नगरीकनै संविधान कार्यान्वयन गर्न देउवालाई शुभकामना दिएका थिए । भारतले नेपालमा संविधान जारी भएलगत्तै त्यसको स्वागत नगरी पाँच महिना अघोषित नाकाबन्दी गरेको थियो ।

-संविधान संशोधन विधेयक पारित नभए पनि राष्ट्रिय जनता पार्टी नेपाल आसन्न निर्वाचनमा सहभागी हुने विश्वास व्यक्त गर्दै उनले भने, ‘थ्यांक गड ! संविधान संशोधन विधेयक अस्वीकृत भए पनि राजपा आसन्न निर्वाचनमा सहभागी हुँदै छ ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *