मोतिहारीदेखि चितवनसम्म ग्यास पाइपलाइनको पनि अध्ययन

“काठमाडौं, भदौ ९ । भारतको मोतिहारीबाट चितवनसम्म ग्यासको पाइपलाइन ओछ्याउने बिषयमा शुक्रबारदेखि दुई मुलुकको प्राविधिक टोली संयुक्त रुपमा पहिलो चरणको अध्ययन सुरु गर्दै छन् ।

आईओसीको दिल्लीबाट दुई, पटनाबाट एक र मोहिारीस्थित युनिट कार्यालयबाट एक गरी चार सदस्यीय टोली पाइपलाइन अध्ययन गर्न अमलेखगन्ज आइपुगेका छन् ।

मोतिहारीदेखि चितवनसम्म ग्यासको पाइपलाइनको दूरी एक सय ३० किलोमिटर हुनेछ । आजको अन्नपूर्ण पोस्टमा खबर छ ।

 

यसअघि, पेट्रोलियम पाइपलाइन राजधानीसम्मै ल्याउने विषयमा औपचारिक छलफल पनि सुरु भएको छ ।”

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *