दाह्री पाल्नुका फाइदा यस्ता छन्

एजेन्सी । दाह्रीजुँगा पाल्ने पुरुषहरुलाई प्रोत्साहन गर्न र दाह्री पाल्नुका फाइदाबारे बखान गर्न विश्वमा हरेक वर्ष विश्व दाह्री दिवस समेत मनाइन्छ । दाह्रीलाई पुरुसत्वको परिचायक पनि भनिन्छ । कतिपयलाई दाह्रीजुँगा खौरिएर चिटिक्क परेको पुरुष मन पर्नसक्छ । तर, कतिलाई भने दाह्रीवाल पुरुष मर्द लाग्छ । मेट्रो डट को डट युके का अनुसार दाह्री पाल्नुका फाइदा यस्ता छन् ।

१. ठन्डीमा न्यानो, गर्मीमा शीतल- दाह्रीले जाडो महिनामा अनुहारलाई चिसोबाट जोगाउने मात्र होइन गर्मी मौसममा दाह्री पलाएको अनुहार हुनुको फाइदा बेग्लै हुन्छ । दाह्रीवाल अनुहार पानीले धोएर हिँड्दा बढी शीतल अनुभूति हुन्छ, जबकि दाह्री काटेकाहरुको अनुहारको छाला भने सिधै सूर्यको किरणको प्रकोपमा पर्ने हुँदा ओइलाउँछ ।

२. पुरुषत्वको प्रवर्धन – दाह्री पालेको मानिसलाई अन्य मानिसले अल्लारे मानिस ठान्दैनन् र गम्भीर प्रकारको मानिस ठान्छन् । साथै महिलाहरूले समेत दाह्रीवाल पुरुषलाई बढी मर्द ठान्दछन् ।

३. सडकमा हिँड्दा सबैका आँखा पर्छन्- दाह्रीवाल पुरुष वास्तवमा सबैको आकर्षणको विषय बन्दछ । तपाईँले बाटोमा हिँड्दा अरू मानिसले तपाईँकै दाह्रीको प्रशंसा गर्दै खासखुस गरिरहेको सुन्नुहुन्छ ।

४. नियमित खौरिने झण्झटबाट मुक्ति- दाह्रीजुँगा खौरिन र चिरिच्याँट पार्न लाग्ने समय र खर्च तथा हैरानीबाट समेत राहत पाएका हुन्छन् दाह्रीवाल मानिसले ।

५. सम्बन्ध स्थापनामा सहयोग – विज्ञहरुका अनुसार प्राय दाह्रीजुँगा पाल्ने मानिसहरूको स्वभाव एकैखालको हुन्छ । त्यसैले दाह्री पालेका मानिसहरू एक आपसमा छिटै साथी बन्दछन् । यसकारण मानवीय सम्बन्ध स्थापनाका लागि समेत दाह्री पाल्नु फाइदाजनक हुँदोरहेछ ।

६. यौनाकर्षण- महिलाहरू दाह्री पालेको पुरुषप्रति बढी यौनाकषिर्त हुने विभिन्न खाले अध्ययनले देखाएका छन् ।

७. साँच्चीकै सुन्दर- मिलाइएका दाह्री जुँगावाल मानिस साँच्चीकै सुन्दर देखिन्छ । दाह्री जुँगाले पुरुषमा आत्मवलमा समेत वृद्धि हुने बताइन्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *