सवारी दुर्घटनामा एकको मृत्यु, विपी राजमार्ग अवरुद्ध

सिन्धुली, ८ भदौ । विपी राजमार्ग अन्तर्गत सिन्धुलीको सुनकोशी गाउँपालिका–५ रामटारमा आज मोटरसाइकल र बोलेरो जिप जुध्दा एक जनाको मृत्यु भएको छ । पिकअप सिङ्गल क्याप बोलेरो र मोटरसाइकल एक आपसमा ठोकिदा सुनकोशी गाउँपालिका–५ निवासी अन्दाजी ३८ वर्षीय मोटरसाइकल चालक रामकृष्ण श्रेष्ठ गम्भीर घाइते भएपछि उपचारका लागि खुर्कोटस्थित भरोसा अस्पतालमा उपचारका गर्दा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सन्तोष श्रेष्ठले जानकारी दिनुभयो ।

उहाँका अनुसार काठमाडौँबाट सिन्धुलीमाडीतर्फ आउँदै गरेको वा१४च २४९३ नंको बोलेरोले श्रेष्ठ सवार वा३५प ९३२२ नंको मोटरसाइकललाई ठक्कर दिएको थियो । बलेरो चालकलाई खुर्कोट इलाका प्रहरी कार्यालयका प्रहरीले नियन्त्रणमा लिएको छ । सोही घटनालाई लिएर स्थानीयवासीले राजमार्ग अवरुद्ध पारेका छन् । राजमार्गमा साना सवारीसाधनले पटक पटक पैदलयात्री तथा मोटरसाइकललाई ठक्कर दिने क्रम बढेको उनीहरूले बताएका छन् ।

स्थानीयवासीले मृतकको शवलाई राजमार्गमा राखेर सवारी चालकलाई कारबाही र क्षतिपूर्तिको माग गर्दै राजमार्ग अवरुद्ध पारेको यात्रु रामबहादुर विश्वकर्माले जानकारी दिनुभयो । अवरुद्ध राजमार्ग सञ्चालन गर्न प्रहरी तथा प्रशासनले उचित पहल नगरेको यात्रुहरुले बताएका छन् । राजमार्ग अबरुद्ध भएपछि सिन्धुली हुँदै काठमाडाै र पूर्वी पहाडी जिल्ला तथा तराईका जिल्लाका लागि छुटेका सवारीसाधन बिचमा नै रोकिएका छन् । रासस

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *