डी भिलियर्सद्वारा एक दिवसीयको कप्तानबाट राजीनामा

एजेन्सी– एबी डी भिलियर्सले दक्षिण अफ्रिकाको एक दिवसीय क्रिकेट टोलीको कप्तानको जिम्मेवारी त्याग्ने निर्णय सार्वजनिक गरेका छन् । यो निर्णय गरे पनि भिलियर्स पुन टेस्ट क्रिकेटमा फर्किने सङ्केत गरेका छन् ।

‘फाप डुप्लेसीले टोलीलाई टि ट्वान्टी र टेस्ट क्रिकेट राम्ररी सम्हालिरहेका छन् । त्यसलाई मध्यनजर गर्दै एक दिवसिय कप्तानको जिम्मेवारीबाट टाढा हुने खबर गरेको छुु ,’ डी भिलियर्सले भने ‘ ६ वर्ष यता टोलीको नेतृत्व गर्न पाउनु मेरो लागी गौरवको विषय हो । तर, अब अरू कसैले यो जिम्मेवारी सम्हाल्नु पर्ने समय आएको छ । जो कप्तान भए पनि मेरो पुरै साथ रहनेछ । ’

२०१६ जनवरीमा इङ्ल्याण्डसँग खेलेयता डी भिलियर्स टेस्ट टोलीमा छैनन् । टेस्ट क्रिकेटमा फर्कन सक्ने सङ्केत गर्दै उनले भने, ‘ विश्राम पछि म स्वच्छ महसुस गर्दैछु । मैले छनोटमा तीन फर्मेटको क्रिकेटका लागि उपलब्ध हुने बताएको छु ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *