तीजको अघिल्लो दिन मेलिना राईलाई ज्योतिषले भने–‘यो वर्ष बिहे भयो भने हुन्छ नत्र….’

पछिल्लो समयकी व्यस्त गायिकामा पर्छिन्– मेलिना राईं । थुप्रै हिट गीत दिइसकेकी मेलिनाको ‘कुटुमा कुटु सुपारी दाना’ युट्युबमा एक करोड सात लाखभन्दा बढीपल्ट हेरिएको छ। उनै गायिका मेलिना राईसँग तीज बिशेष कुराकानी गरिएको छ :

अहिले के गर्दै हुनुहुन्छ ?
भर्खरै उठेर फ्रेस भएँ। फेसबुक र युट्युब खोलेर न्यूज र भिडियोहरु हेर्दै बसिरहेको छु।

युट्युबमा के हेर्दै हुनुहुन्छ ?
हिजो मात्रै मैले गाएको ‘चरी जस्तै उड्न पाए’ बोलको गीत रिलिज भयो। युट्युबमा त्यही गीतको फिडब्याक पढ्दै बसिरहेको छु।

कस्तो रहेछ त फिडब्याक ?
सबैले राम्रै प्रतिक्रिया दिइरहेका छन्।

राति ढिला सुत्नुहुन्छ हो ?
भोलिपल्टको गीतको रेकर्डिङका लागि ‘प्य्राक्टिस’ गरिन्छ। अनि फेसबुक, युट्युब र इन्स्टा चलाउँदा–चलाउँदै १२ बज्छ। त्यसपछि निन्द्रा पनि लाग्छ अनि सुतिन्छ। बिहान ६ बजेतिर उठ्छु।

आज तीज मनाउने तयारी छ कि छैन ?
म खासै तीज त मनाउदिन। तर आज तीज भएकाले कामलाईं आराम दिने निर्णय गरेँ। आज घरमै आराम गर्ने, बाहिर कतै ननिस्कने हो। बहिनीसँग चल्दै र मुभी हेर्दै बसिन्छ।

कस्तो मुभी मनपर्छ ?
मलाई हरर, सस्पेन्स थ्रिलर मुभी मनपर्छ।

हिजोको दिन कस्तो रह्यो ?
दिनभरि रेकर्डिङमै व्यस्त भएँ। तीनवटा गीत रेकिर्डङ गरियो।

एक दिनमा कतिवटासम्म गीत रेकर्डिङ गरिएको छ ?
पाँचवटासम्म रेकर्डिङ गरेको छु। पहिले–पहिले खुब गाइन्थ्यो, अहिले भोकललाई अलि आराम दिने गरेको छु। तीनटाभन्दा बढी गाउँदिन।

तीजको दर त खाइयो होला नि ?
साँझ घर आइपुग्दा ममीहरुले टन्नै परिकार बनाउनुभएको रहेछ, त्यही खाइयो। त्यसलाई नै दर भन्ने त होला नि१ तर ब्रतचाहीं बँसिदैन, खानेमात्रै हो।

ब्रत बस्दा राम्रो वर पाइन्छ भन्छन् नि ?
खोइ त्यो त थाहा भएन। आ–आफ्नो सोच र विश्वासको कुरा हो। वरको कुरा गर्दा ममीले हिजो भर्खरै ज्योतिषलाई हेराउन जानुभएको थियो रे। यो वर्ष मेरो बिहेको साइत छ भन्यो रे। यो वर्ष बिहे भयो भने हुन्छ नत्र धेरै वर्षपछि मात्र हुन्छ रे।

के छ त, बिहे गर्ने हो ?
म त अहिले नगर्ने, धेरैपछि नै गर्ने। बिहे भन्ने कुरा पनि अहिले गरिन्छ ररु (हाँस्दै) मलाई त अहिले नै हतार छैन।

नेपाल आइडल हेर्दै हुनुहुन्छ ?
निरन्तर हेर्न पाएको छैन तर हेर्न त हरिरहेको छु।

तपाईँको मनपर्ने प्रतिष्पर्धी को हो ?
सबैको आ–आफ्नै दख्खल छ। सबै राम्रै हुनुहुन्छ। क्लासिकलमा निशान भट्टराई राम्रो लाग्छ। अरूका पनि आ–आफ्नै प्याटर्न छन्। मलाई मनपर्ने केन्जल, प्रमिला, सुरज आउट भइसके।

पछिल्लो समय तपाईँले गाएका गीत ‘ब्याक टु ब्याक’ हिट भइरहेका छन्, कस्तो लागिरहेको छ ?
एकदमै खुसी लाग्दो रहेछ। मैले पहिले देखेका सपना पनि यही हो। त्यो सपना अहिले आएर पुरा भएको महसुस भएको छ। आफूलाई लक्की महसुस गर्छु। अग्रज संगीतकारहरुको प्रोत्साहन र दर्शकहरुको मायाले नै मलाई यहाँसम्म ल्याइपु¥याएको हो।

यो समयमा आफ्नो सङ्घर्षको दिनलाई कसरी सम्झनुहुन्छ ?
ती सङ्घर्षका पलहरू सम्झँदा मिठो लाग्छ। म पैसा कमाउनका लागि तीनटा स्कुलमा डान्स सिकाउँथे। तीनटा स्कुलमा सिकाएवापत पाँच हजारजति कमाउँथे। गीतको कोरसमा मात्रै गाउन पाउँदा पनि खुसी हुने दिन थियो। स्टुडियो जान पाउँदा पनि मन रमाउँथ्यो। कोरस त ग्रुपमा गाउने हो। तैपनि काम त पाइरहेको छु भनेर खुसी लाग्थ्यो। एउटा कोरस गाएको एक हजारजति पाइन्थ्यो। त्यति बेला मेरा लागि कोरस गाउन पाउनु नै ठुलो अवसर हुन्थ्यो।

आफ्नै एल्बम कहिले ल्याउने हो ?
तयार भइसकेको छ। लन्च गर्नमात्र बाँकी हो। पहिलो एल्बम ‘बहार’ पछि दोस्रो एल्बमको नाम ‘मेलिना’ राखेको छु।

आफ्नै नामबाट राखिदिएको ?
कति गीतको शीर्षकबाट मात्रै राख्नेरु आफ्नै नामबाट राख्यो भने मेलिना भनेको गायिका र एल्बमको नाम दुवै हो भनेर दर्शकलाई बुझ्न पनि सजिलो हुने भयो। म फेरी एल्बमको एउटामात्र गीतलाई प्रमोसन गर्दिन, सबैलाई उत्तिकै महत्त्व दिन्छु।

यो मनोरञ्जन क्षेत्रको के कुराले चित्त दुख्छ ?
यहाँ कलाकार भएपछि हरेक कुरामा सही हुनुपर्छ भन्ने मान्यता राखिन्छ। कलाकार पनि सामान्य मान्छे हो। उसबाट पनि गल्ती त हुन सक्छ नि। सानो गल्ती भयो भने पनि उसको गल्तीलाई स्वीकारिदैन। त्यस्तो देख्दा चित्त दुख्छ।

अहिलेसम्म भेटेका थुप्रै फ्यानमध्ये एक जना सबैभन्दा यादगार फ्यानलाई सम्झिनुपर्दा !!!
एकवर्षअघि कोरियामा एक जना पुरुष फ्यानले घुँडा टेकेर मेरो वर्णनमा सायरी भन्नुभएको अझै सम्झन्छु। एकदमै रमाइलो लागेको थियो। मैले धन्यवाद दिएकी थिएँ।

                                                                              नेपाल खबरबाट साभार 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *