प्रधानमन्त्री देउवा र भारतीय सकमक्षी मोदीबीच ‘वार्मअप’ भेटवार्ता

काठमाडौं, भदौ ७ । भारत भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय सकमक्षी नरेन्द्र मोदीबीच बुधबार साँझ नै भेटवार्ता भएको छ। यसलाई ‘वार्मअप’ भेट भनिएको छ ।

प्रधानमन्त्री देउवा पाँच दिने भारत भ्रमणका क्रममा बुधबार नयाँदिल्लीमा पुगेका छन् । उनी दिल्लीस्थित नेपाली दूतावासमा पुगेर प्रवासी नेपालीहरुलाई छोटो सम्बोधन गरे ।

बिहीबार विहान राष्ट्रपति भवनमा गार्ड अफ अनरको सम्मान लिएपछि मात्र औपचारिक भेटवार्ताहरु सुरु हुनेछ । तर, त्यसअघि नै भारतीय प्रधानमन्त्री मोदीले नेपाली समकक्षी देउवालाई ‘वार्मअप’ मिटिङको प्रस्ताव गरे । सोही अनुसार भारतीय प्रधानमन्त्री मोदी र देउवावीच बुधबार साँझ  नै भेट भएको हो ।

भारतका लागि नेपाली राजदूत दीपकुमार उपाध्यायले अनलाइनखबरलार्इ भने, ‘भोलि औपचारिक छलफल हुन्छ । त्यो भन्दा अगाडि कसरी राजनीतिक तहबाट के गर्न सकिन्छ भन्नेछ ।’

उनले यसलाई ‘वार्मअप’ भेट भनेका छन् ।

प्रधानमन्त्री देउवा र मोदीबीच भोलि हैदराबाद हाउसमा ३० मिनेट वान टु वान भेटवार्ता गर्ने कार्यतालिका छ । लगतै दुई देशको प्रतिनिधिमण्डलबीच एकघन्टा वार्ता हुनेछ र केही सम्झौतामा हस्ताक्षर हुनेछ ।

दिल्ली झरेपछि देउवा र पत्नी आरजु राष्ट्रपति भवन गएका थिए, जहाँ उनी विशिष्ट पाहुनाको रूपमा भ्रमण अवधिभर बस्नेछन् । भ्रमण दलका अरू सदस्यहरू भने ताज होटलमा बस्न गए । त्यसपछि देउवा बिरामी अवस्थामा भएका डिपी त्रिपाठीलाई भेट्न गए ।

दूतावास आउनुपूर्व नै देउवाले त्रिपाठीलाई भेटेर स्वास्थ्य अवस्थाबारे जानकारी लिएका थिए । त्यसपछि दूतावास पुगेर ज्ञापनपत्र बुझ्दै गर्दा उनलाई समकक्षी मोदीबाट अकस्मात चियापानको निम्तो आएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *