कांग्रेसद्वारा नवलपरासीमा ३० लाख बराबरको राहत वितरण

२०७४ जेठ १५ गते

“
नवलपरासी, भदौ ७ । बाढीबाट प्रभावित भएकामध्ये नवलपरासीको दुई गाउँपालिकाका पीडित परिवारलाई नेपाली कांग्रेसले राहत वितरण गरेको छ ।
पूर्वगृहराज्यमन्त्री देवेन्द्रराज कँडेलको पहलमा काठमाडौंस्थित विभिन्न संघ–संस्था र कांग्रेस नेताहरुबाट संकलित ३० लाख रुपैयाँ बराबरको राहत सामग्री बुधबार वितरण गरिएको हो ।
जिल्लामा बाढीबाट दुई नगरपालिका र चार गाउँपालिका प्रभावित भएका छन् । जसमध्ये अतिप्रभावित भइ विस्थापित बनेका पाल्हीनन्दन र सरावल गाउँपालिकाका १ हजार १२२ परिवारलाई राहत वितरण गरिएको नवलपरासी कांग्रेस सभापति विष्णु लामिछानेले बताए ।
“

२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित