पानीको खाल्डामा डुबेर दुई जना बालिकाको मृत्यु

भदौ ७, गाैर । रौतहटमा पानीको खाल्डामा डुबेर दुई जना बालिकाको ज्यान गएको छ । जिल्लाको दुर्गा भगवती नगरपालिका बडहर्वाका स्थानीय बासिन्दा रामाधार साहको ११ वर्षकी छोरी कौशिला कुमारी साह र सोही स्थानका तेजनारायण साहको ८ वर्षकी छोरी सिता कुमारी साहको घर भन्दा पूर्व तर्फ रहेको खेतमा जमेको बाढीको पानीमा डुबेर ज्यान गएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

मङ्गलवार दिउसो २ बजेको समयमा बाख्रालाई घाँस काटन गएका दुबैजना बालिका एक्कासि जमेको पानीको खाल्डोमा डुबेका थिए ।  बाढीपिडित साह परिवारका बालिकाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय रौतहटले जानकारी दिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *