दुई सय बाढी पीडितको निःशुल्क स्वास्थ्य परीक्षण


भाद्र ७, सुनसरी । नेपाल तरुण दलले बाढी पीडित परिवारको निःशुल्क स्वास्थ्य परीक्षण गरेको छ । नेपाली काँग्रेसको भातृसंगठन तरुण दल सुनसरी जिल्ला कार्य समितिले सुनसरीका विभिन्न क्षेत्रका बाढी पीडितको लागि निःशुल्क स्वास्थ्य परीक्षण शिविर सञ्चालन गरेको हो ।

आज (शुत्रबार) सुनसरीको उटहरी उपमहानगर पालिका वार्ड नंं १० का करिब दुई सय घर परिवारमा स्वास्थ्य परीक्षण शिविर सञ्चालन गरिएको तरुण दल सुनसरीका उपाध्यक्ष सन्तोष विकले बताए ।

स्वास्थ्य परीक्षणमा बाढी पीडितलाई निःशुल्क औषधी समेत वितरण गरिएको थियो । स्वास्थ्य शिविरमा वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका चिकित्सकहरुले स्वास्थ्य परीक्षण गरेका थिए । तरुण दलले स्वास्थ्य परीक्षण शिविर सुनसरीका विभिन्न बाढी प्रभावित क्षेत्रमा सञ्चालन गर्ने बताएको छ ।

स्वास्थ्य शिविरमा बाढी पहिरोबाट लागेको चोटपटकको उपचार पनि गरिएको थियो । स्वास्थ्य परीक्षणबाट उनीहरूमा केही सरुवा रोग देखापरेको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका इन्टरनल मेडिसिन विभागका चिकित्सक अक्सत मिश्रले बताए । ‘बाढी पिडितहरुमा धेरै समय पानीमा डुवेर बस्दा छालामा संक्रमण भएको पाएका छौँ । यसै गरी स्वच्छ पानीको अभावले झाडा पखाला, घाउखटिरा देखा परेको छ ।’ उनले भने । शिविरमा बालरोग, स्त्री रोग, मेडिसिन जस्ता विषेशज्ञ चिकित्सकहरु समेत परिचालित छन् ।

तरुण सुनसरीका अध्यक्ष सिजन गुरुङले तरुण दलको केन्द्रीय कार्य समितिले बाढी पीडितका लागि देशभर ‘एक तरुण एक राहत’ अभियान संञ्चालन गर्ने निर्णय गरेपछि सुनसरीमा पनि अभियान थालिएको बताए । उनले अभियानले सुनसरीमा चार चरणमा काम गर्ने बताए । ‘हामीले बाढी पीडितका लागि पहिलो चरणमा त्रिपाल, लत्ता कपडा वितरण, दोस्रो चरणमा खाद्याान्न वितरण, तेस्रो चरणमा स्वास्थ्य शिविर सञ्चालन र चौथो चरणमा पुर्नस्थापना अभियान गर्ने निर्णय गरेका छौँ ।’ उनले भने । तरुण दलले बाढी पीडितको घर निर्माणमा जनशक्ति समेत परिचालन गर्ने छ । यो अभियान सुनसरी र मोरङका १५ बढी स्थानमा सञ्चालन हुनेछ ।
यस अघि तरुण दलले सुनसरीका विभिन्न क्षेत्रमा बाढी पहिरोबाट बिस्थापितहरु भएका जनताहरुलाई रातह सामग्री वितरण गरेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *