महिलाहरुको महान पर्व हरितालीका तिजको अघिल्लो दिन आज दर खाएर मनाईदै

काठमाडौं, भदौ ७ । आज हिन्दु नेपाली महिलाहरुले मनाउने चाड तीजको अघिल्लो दिन, दर खाएर मनाउने गरिन्छ । दरको रुपमा विभिन्न मीठा परिकार खाने तथा खुवाउने गरिन्छ । भोलीपल्ट बस्ने हरितालिका तीजको अवसरमा महिला दिदी बहिनीलाई दर खुवाउने चलन रहँदै आएको छ ।

टाढाका चेलीबेटी यस दिन माइतीघर वा आफन्तकहाँ आउेन र दरको रुपमा खिर, गुँद, हलुवा, ढकनी, घिउ, दही, दूध, मिठाइ, फलफूललगायतका मिठा परिकारलाई दरको रुपमा खाने गर्दछन् ।दर खाएको भोलीपल्ट निराहार ब्रत बस्ने भएकाले त्यसको अघिल्लो रातको १२ बजेसम्म दर खानुपर्छ भन्ने गरिन्छ । तर पछिल्लो समय साउन महिना लागेदेखि नै तीजको दरको रुपमा भेला हुने र रमाइलो गरेर दर खाँदै नाचगान गर्ने चलन शहरी क्षेत्रमा बढेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *