मकालु खबर
ताजा, शुलभ, निष्पक्ष

मंगलबार नेप्से उकालो लाग्यो

काठमाडौं, भदौ ६ । मंगलबार सेयर बजारमा सामान्य सुधार आयो ।

यसदिन सेयर बजार परिसूचक नेप्से २ दशमलव ४८ अंकले सुधारिएर १६ सय १४ मा थामियो ।

यसदिन उत्पादनमूलक र वित्त समूहबाहेक अरु कारोबार भएका सबै समूहमा सुधार आएसँगै नेप्से सकारात्मक रहन गएको हो ।

यसदिन १ सय ६१ कम्पनीको १७ लाख ८९ हजार कित्ता सेयर ७२ करोड ३१ लाख रुपैयाँ बराबरमा कारोबार भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।

प्रतिकृयाहरु
Loading...