मंगलबार सुनको भाउमा २०० वृद्धि

काठमाडौं, भदौ ६ । मंगलबार सुनको भाउमा सामान्य वृद्धि आयो । अन्तर्राष्ट्रिय बजार पच्छ्याउँदै यसदिन स्थानीय बजारमा छापावाल सुनको मूल्य तोलामा २ सय रुपैयाँले बढेर तोलाको ५५ हजार ५ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

सोमबार सुन तोलाको ५५ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो ।

मंगलबार चाँदीको भाउ पनि तोलामा ५ रुपैयाँले बढेर तोलाको ७ सय ५५ मा कारोबार भएको महासंघले जनाएको छ ।

मंगलबार साँझसम्म अन्तर्राष्ट्रिय बजारमा छापावाल सुन प्रतिऔंस १२ सय ९० डलर हाराहारीमा कारोबार भएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *