ह्वीप उल्लंघन गर्ने सांसदलाई कारबाही गरिने राप्रपाको निर्णय

काठमाडौं, भदौ ६ । राष्ट्रिय प्रजातन्त्र पार्टीले पार्टी ह्विप उल्लंघन गर्ने सांसदलाई कारबाही गर्ने भएको छ । पार्टी अध्यक्ष कमल थापाको अध्यक्षतामा आज बसेको पदाधिकारी तथा सांसदको संयुक्त बैठकले व्यवस्थापिका–संसदमा हिजो संविधान संशोधनको प्रक्रियामा सहभागी नभएका १८ सांसदले पार्टी हित विपरित काम गरेको ठहर गर्दै उनीहरुमाथि कारबाहीको प्रक्रिया अगाडि बढाउने निर्णय गरेको प्रवक्ता भुवन पाठकले जानकारी दिनुभयो ।

बैठकमा प्रमुख सचेतक कुन्तीकुमारी शाहीले संविधान संशोधनको विपक्षमा मतदान गर्न सम्पूर्ण सांसदलाई पार्टी ह्विप जारी गरिएकामा अनुपस्थित रहेका सांसदबारे जानकारी दिनुभएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *