मिचिएको नेपाली भूमि फिर्ता गर्न भारत बाध्य हुने

२०७४ जेठ १५ गते

“
भदाै ६, मकालु खबर । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका उपाध्यक्ष बामदेव गौतमले मिचिएको नेपाली भूमि फिर्ता गर्न भारत बाध्य हुने बताएका छन् ।
उपाध्यक्ष गौतमले भारतको हेपाहा प्रवृत्तिलाई तोड्न नेपाल आफू भने समृद्ध हुनैपर्ने बताए । मङ्गलवार पार्टी निकट विद्यार्थी सङ्गठन अनेरास्ववियूले आयोजना गरेको एक कार्यक्रममा बोल्दै गाैतमले नेपाल आफै समृद्ध नभई भारतको हेपाहा प्रवृत्तिविरुद्ध लडन सक्ने अवस्था नरहेको बताए ।
उपाध्यक्ष गौतमले समृद्धिको अभियानमा अघि बढन पनि सबैमा आह्वान गरे । उनले भारतीय पक्षले नेपालको सीमावर्ती क्षेत्रको बाध भत्काउने प्रस्ताव राख्न प्रधानमन्त्री शेरबहादुर देउवालाई सुझाव पनि दिए । त्यस बखत उपाध्यक्ष गौतमले भारतले संविधान जारी गर्दा समेत असन्तुष्टि जनाएर नेपालको हित विपरीत काम गरिरहेको आरोप समेत लगाए ।
“

२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित