भारतसँग विगतमा भएका समझदारी कार्यान्वयनमा जोड

भदाै ६, मकालु खबर । परराष्ट्रवीद्हरुले भारतसँग विगतमा भएका समझदारी कार्यान्वयनमा जोड दिन प्रधानमन्त्री शेरबहादुर देउवालाई सुझाव दिएका छन । परराष्ट्रवीद्हरुले नेपाल–भारतबीच पछिल्लो समय देखिएको असमझदारी हटाउन पनि प्रधानमन्त्री देउवाको ध्यानाकर्षण गराएका छन ।

बुधबार प्रधानमन्त्री देउवा भारत भ्रमणमा जाँदै छन् । परराष्ट्रवीद्हरुले मंगलबार प्रधानमन्त्री देउवासँग भेटगरी भ्रमणका क्रममा दुई मुलुकबीच विगतमा भएका सहमति कार्यान्वयन गर्न जोड दिन सुझाएका हुन । विगतमा भएका सहमति कार्यान्वयन गर्दै आपसी विश्वासको वातावरण बनाउन प्रधानमन्त्रीलाई सुझाव दिइएको परराष्ट्रवीद् डा. भेषबहादुर थापाले जानकारी दिए । उनले दुई मुलुकबीचको गहिरो सम्बन्ध अनुसारको संवाद र सहकार्यको आवश्यक्तामा पनि जोड दिए ।

परराष्ट्रवीद् लोकराज बरालले द्धिपक्षीय हितका विषयमा भ्रमण केन्द्रित गर्न सुझाव दिए । उनले तराई मधेशमा भईरहेको डुबान समस्या समाधान गर्न पनि प्रधानमन्त्री देउवाको ध्यानाकर्षण गराए । प्रधानमन्त्री देउवाले भारत भ्रमणका क्रममा विगतमा भएका सहमति कार्यान्वयनमा जोड दिनुहुने परराष्ट्र मन्त्रालयले पनि जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *