मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु

मनोज अर्याल, नवलपरासी । नवलपरासीको बर्दघाट नगरपालिका लण्डनब्रिजमा मोटरसाइकल आफै अनियन्त्रित भई ठोकिदा एक जनाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय नवलपरासीले दिएको जानकारी अनुसार सोमवार बेलुकी पूर्वबाट पश्चिमतर्फ जादै गरेको लु १४ प २१२९ नम्बरको मोटरसाइकल लन्डनब्रिजको कल्बटमा आफै अनियन्त्रित भई पल्टिएको हो । पल्टिँदा बर्दघाट १० धुर्वटोल निवासी ३८ वर्षको हमनारायण चौधरीको मृत्यु भएको हो ।

दुर्घटनामा गम्भीर घाइते भएका चौधरीको उपचारका लागि लैजादै गर्दा बाटोमा नै मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *