३० किलो चरेससहित चार जना पक्राउ

भदाै ६, नेपालगन्ज । बाँके प्रहरीले नेपालगन्जका विभिन्न ठाउँबाट ठूलो परिमाणमा चरेससहित तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा तीन महिला र १ पुरुष रहेका छन् । नेपालगन्जको सल्यानी बगियास्थित एक घरमा चरेस विक्री भईरहेको सूचना पाएको प्रहरीले निक्कै सुझबुझका साथ सोमबार राति अपरेशन चलाएर चरेस कारोबारीलाई रंगेहात पक्राउ गर्न सफल भएको हो ।

चरेसको कारोबार बारे सूचना पाएको प्रहरीले खरिदकर्ता बनेर चरेसको कारोबार गर्ने गिरोहका सदस्यहरुलाई पक्राउ गर्न सफल भएको हो । सल्यानी बगियास्थित एक घरमा सादा पोशाकका प्रहरीहरु चरेस खरिद गर्न भन्दै पुगेका थिएँ । जहाँबाट ११ केजी चरेससहित सोमबहादुर पुन पक्राउ परेका हुन् । पुनको बयानको आधारमा प्रहरीले नेपालगन्जको रामनगरस्थित एक घरमा पनि छापा मार्‍यो । रामनगरस्थित एक घरमा भाडामा बस्दै आएका दुई महिलाको साथबाट प्रहरीले १९ केजी चरेस बरामद गर्‍यो । प्रहरीले रामनगरबाट रुकुम स्थायी घर भएकी ४५ बर्षीया दीप कुमारी पुन र सुर्खेत डाँडाखालीकी ४० बर्षीया प्रेमा चन्दलाई पक्राउ गर्यो ।

बसपार्कस्थित होटल मञ्जुको साहुनीबाट आफूहरुले चरेस लिएको भन्ने पक्राउ परेकाहरुको प्रारम्भिक बयानपछि प्रहरीले मञ्जु होटलमा पनि छापा मारेको थियो । त्यहाँ चरेस फेला नपरेपनि होटल संचालक २० बर्षीय हिरा बुढालाई पक्राउ गरिएको छ । होटलबाट बहुमुल्य पत्थरसहित एक जना व्यक्ति पक्राउ परेको अपरेशनमा संलग्न एक प्रहरी अधिकारीले बताए ।

क्षेत्रीय अनुसन्धान ब्यूरो (आरआईटी) वडा र जिल्ला प्रहरीको संयुक्त अपरेशनबाट यतिका ठूलो परिमाणमा चरेससहित कारोबारीहरुलाई पक्राउ गरिएको हो । बाँकेका प्रहरी प्रमुख एसपी टेक बहादुर तामाङले चरेससहित केही व्यक्तिहरु पक्राउ परेको पुष्टि गर्दै मंगलबार दिउँसो पत्रकार सम्मेलन गरेर विस्तृत जानकारी दिईने बताएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *