स्याङ्जामा अठार हजारभन्दा बढी मतदाता थपिए

स्याङ्जा, भदौ ६ ।  निर्वाचन आयोगले सञ्चालन गरेको फोटोसहितको मतदाता नामावली संकलनमा स्याङ्जामा १८ हजार ६ सय ७६ जनाले नाम लेखाएका छन् ।

जिल्ला निर्वाचन कार्यालय, स्याङ्जाका अनुसार नाम दर्ता गराउनेमा नौ हजार ५ सय ८८ पुरुष र नौ हजार ८८ महिला गरी कूल १८ हजार ६ सय ७६ जना छन् ।

आँधीखोला गाउँपालिकामा कम 
प्रदेश र संघीय संसद्को निर्वाचनका लागि निर्वाचन आयोगले आह्वान गरेको फोटोसहितको मतदाता नामावली संकलनमा सबैभन्दा धेरै जिल्ला निर्वाचन कार्यालय स्याङ्जामा चार हजार ५ सय ७ छन् भने सबैभन्दा कम आँधीखोला गाउँपालिकामा ७ सय १२ जनाले फोटोसहितको नामावली संकलनमा नाम लेखाएका हुन् ।

वालिङ नगरपालिका
त्यसैगरी, वालिङ नगरपालिकामा तीन हजार ४ सय ८३, गल्याङ नगरपालिकामा दुई हजार ४ सय १, चापाकोट नगरपालिकामा एक हजार ५ सय ५२, कालीगण्डकी गाउँपालिकामा एक हजार ३ सय ५५, भिरकोट नगरपालिकामा एक हजार ३ सय १८, फेदीखोला गाउँपालिकामा ९ सय ८५, हरिनास गाउँपालिकामा ८ सय १, बिरुवा गाउँपालिकामा ७ सय ७८, अर्जुनचौपारी गाउँपालिकामा ७ सय ४४ जनाले नाम दर्ता गराएका जिल्ला निर्वाचन कार्यालय स्याङ्जाले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *