अमेरिकी–दक्षिण कोरियाली सैनिकको संयुक्त युद्ध अभ्याश सुरु, प्योङयाङ क्रुद्ध


“
सियोल, भदौ ५ । अमेरिका र दक्षिण कोरियाले सोमबार (आज)बाट संयुक्त सैन्य अभ्यास गर्दैछन् ।
उत्तर कोरियाबाट हुनसक्ने आक्रमणको तयारी स्वरुप यस्तो अभ्यास सुरु गर्न लागिएको बताइएको छ । सैन्य अभ्यास दश दिनभन्दा बढी समयसम्म चल्ने अन्तर्राष्ट्रिय सन्चारमाध्यमहरुले जनाएका छन् ।
उत्तर कोरियाको सरकारी समाचारपत्र ‘रोडोंग सिन्मुन’ले गठबन्धन सैनिकको संयुक्त अभ्यासले आगोमा ध्यू थप्ने काम गरेको उल्लेख गरेको छ ।
बीबीसीका अनुसार दुुई मुलुकबीच हुने सैन्य अभ्यास वर्षमा दुई पटक हुनेगर्छ । दुुई मुलुकबीच हुने सैन्य अभ्यासले प्योङयाङलाई क्रुद्ध बनाउने गरेको गर्दछ ।
गत वर्षको संयुक्त अभ्यास लगत्तै उत्तरले परमाणु परिक्षण गरेको थियो । पछिल्लो समय अमेरिका र उत्तर कोरियाबीचको तनाव उत्कर्षमा पुगेको छ । उत्तर कोरियाले प्रशान्त महासागरमा रहेको अमेरिकी भु–भाग गुआममालगायत कुनैपनि अमेरिकी भू–भागमा क्षेप्यास्त्र आक्रमण गर्नेबारे विचार गरिरहेको जनाएको छ । अमेरिकाले भने उत्तर कोरियाविरुद्ध सैन्य कारवाहीको चेतावनी दिइसकेको छ । (एजेन्सी)
“
