प्रधानमन्त्री देउवाको भारत भ्रणमको तालिका सार्बजनिक

काठमाडौं, भदौ ५ । आगामी बुधबार भारतको पाँचदिने राजकीय भ्रमणमा जान लाग्नुभएका प्रधानमन्त्री शेर बहादुर देउवाको भ्रमण तालिका सार्वजनिक भएको छ ।चौथोपटक प्रधानमन्त्री भएपछि विदेश भ्रमणका रुपमा पहिलोचोटी भारत जान लाग्नुभएका प्रधानमन्त्री देउवाको भ्रमण तालिका आज परराष्ट्र मन्त्रालयले सार्वजनिक गरेको हो ।

भ्रमण तालिकाअनुसार प्रधानमन्त्री देउवाले बिहीबार भारतीय समकक्षी नरेन्द्र मोदीसँग भेटवार्ता गर्नुहुनेछ ।भ्रमण टोलीमा उपप्रधान एवं परराष्ट्रमन्त्री कृष्णबहादुर महरा र मन्त्रीहरुका साथै सांसदहरु सहभागी हुनेछन् । प्रधानमन्त्री देउवा राष्ट्रपति भवनमा बस्ने र बिहीबार ‘गार्ड अफ अनर’ दिइने पनि जनाइएको छ । लगत्तै देउवाले राष्ट्रपति रामनाथ कोविन्द र उपराष्ट्रपति बेंकैया नायडूसँग शिष्टाचार भेट गर्ने कार्यक्रम छ । भ्रमणका क्रममा प्रधानमन्त्री देउवाले नेपाली समुदायका साथै भारतीय उद्योगीहरुसँग पनि अन्तरक्रिया गर्ने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *