सांसद जलेसा जंगिइन्– हेलिकप्टरबाट बाढी पीडितहरुको अनुगमन गरेर हुन्छ ? (भिडियो सहित)

काठमाडौँ, भदौँ ५ । नेकपा एमालेकी सांसद सिन्धु जलेसा बूढाथोकीले सरकारलाई बाढी पीडितहरुको दुःख टुलुटुल हेरेर नबस्न सुझाव दिएकी छिन् ।

सोमबार संसद्को शून्य बैंठकमा बोल्दै सांसद बूढाथोकीले सरकासँग कति बाढी पीडितहरु छन् भन्ने कुनै यकिन तथ्याङ्क नभएको बताइन् ।

उनले सरकारका प्रमुखहरु हेलिकप्टरमार्फत बाढी पीडितहरुको अनुगमन गर्दै मृतकहरुको लास गनेको आरोप लगाएकी छिन् । राहतको कुरा त आकाशको फल आँखा तरी मर झैँ भएको छ त्यसैले त्यसरी अनुगमन गरेर बाढी पीडितहरुको घाउमा मलम नलाग्ने र तत्काल महिला, बालबालिका र वृद्धहरुका लागि राहत खडा गर्न टोली नै गठन गर्नुपर्ने समेत बताएकी छिन् ।

बाढी पीडितहरुको घाउँमा मलम लगाउँन संसद् नै बन्द गरेर त्यता नजर लगाउनुपर्ने बताइन् ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुस् 

https://www.youtube.com/watch?v=azMYUYNBqio&feature=youtu.be”

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *