सुन तस्करीका नाइके दुबईबाट पक्राउ

भाद्र ५, काठमाडौ । प्रहरीले ३३ किलो सुन तस्करीका नाइके अर्जुन खरेललाई दुबईबाट पक्राउ गरी नेपाल ल्याएको छ ।तस्करीमा संलग्न मुख्य योजनाकारहरु दुबईमा रहेको सूचना पाएकाले त्यहाँको प्रहरीसँग समन्वय गरी व्युरोले पक्राउको प्रयास गरिररहेको थियो ।

तत्कालिन सिआईबी प्रमुख डिआईजी नवराज सिलवालको नेतृत्वमा विदेशबाट अवैध रुपमा ल्याइएको ३३ किलो सुन बरामद भएको थियो । सुन बरामदका क्रममा दुई जना भरिया पक्राउ परेका थिए ।

भरियाको बयानका आधारमा भन्सारका कर्मचारी र प्रहरीकै एक जना एसएसपीको संलग्नता देखिएपछि निलम्बन गरी नियन्त्रणमा लिइएको थियो । अहिले ७ महिनापछि सुन तस्करीका मुख्य नाइके राजन प्रसाद पन्तलाई नेपाल प्रहरीको विशेष टोलीले युएई प्रहरीको सहयोगमा पक्राउ गरेको हो ।

सिआईबी प्रवक्ता एसपी किरण बज्रार्चायका अनुसार पन्तलाई नेपाल ल्याइसकिएको छ । भने, अदालतबाट थुनामा राख्ने अनुमति लिई अनुसन्धान सुरु गरिनेछ । नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान ब्युरोको टोलीले गत पुस २१ मा त्रिभुवन अन्र्तराष्ट्रिय विमानस्थलको पार्किङबाट १५ करोड मुल्य बराबरको ३३ किलो अवैध सुन बरामद गरेको थियो । सुन तस्करका मुख्य नाइके भनिएका हरिशरण खड्का, भोला मगर भने अझै फरार छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *