कैलालीमा बस दुर्घटना हुँदा दुईको मृत्यु, २० जना घाइते

भदौ ५ डडेल्धुरा । कैलालीको खानीडाँडामा बस दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । भने, २१ जना घाइते भएका छन् । धनगढीबाट डोटीको विपिनगरका लागि छुटेको ना ४ ख ५६३५ नम्बरको बस सोमबार दिउँसो २ बजेतिर दुर्घटना भएको हो ।

दुर्घटना परेर डोटीको गडसेरा बस्ने ६० वर्षका नरबहादुर देउवाको घटनास्थलमै ज्यान गएको क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ ।

घाइते मध्ये केहीको अत्तरीयास्थित पद्मा अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । बस सडक भन्दा झण्डै १ सय ५० मिटर तल खसेको जनाइएको छ । दुर्घटनाको कारण भने खुल्न सकेको छैन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *