भारतको विहारमा बाढीपहिरोबाट २५३ को मृत्यु

नयाँ दिल्ली, ५ भदौ । भारतीय पूर्वी राज्य विहारमा जारी बाढीको प्रकोपबाट ज्यान गुमाउने व्यक्तिको संख्या २५३ पुगेको छ ।

बाढीको कारण थप इलाका पनि डुबानमा परेका पछिल्लो समाचारमा जनाइएको छ । यसैसँग सम्बन्धित घटनामा परी २५३ को मृत्यु भएको राज्यका एक अधिकारीले जानकारी दिएका छन् । अधिकारीका अनुसार विहार राज्यको १८ वटा जिल्लाका एक करोड ३० लाख नागरिक बाढीको कारण प्रभावित भएका छन् ।


विहारका प्रमुख नदीहरु कोशी, महानन्दा, बागमती र गङ्गामा पानीको सतह बढेका कारण बाढीको प्रकोप फैलिएको हो ।

सो बाढीबाट सात लाख हेक्टर खेतीयोग्य जमिन पनि नष्ट भएको छ । त्यसैगरी २० हजार झुपडी पनि बाढीले बगाएको छ । रासस/सिन्ह्वा

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *