दिनहुँ नुहाउदा पनि हुनसक्छ यस्ता बेफाइदा

एजेन्सी । हरेक दिन नुहाउने धेरैको बानी हुन्छ । दिनहुँ नुहाउँदा शारीरिक स्फुर्ति बढ्ने बताइन्छ । तर, दिनहुँ साबुन प्रयोग गरेर नुहाउँदा भने छालामा नकारात्मक असर पर्ने चेतावनी चर्मरोग विशेषज्ञले दिएका छन् । तर, नुहाउनु अघि र पछि सजगता अपनाउन सक्ने हो भने यस्ता असरबाट जोगिन सक्ने तर्क पनि विेशषज्ञहरूले गरेका छन् ।

अमेरिकास्थित युनिभर्सिटी अफ क्यालिफोर्निया सान डिएगो स्कुल अफ मेडिसिनकी चर्मरोग विशेषज्ञ डा. क्यासे कार्लोसले दिनहुँ साबुनले नुहाउँदाका बेफाइदा बताएकी छिन् ।

यस्ता छन् बेफाइदा

दिनहुँ साबुन प्रयोग गरेर नुहाउँदा छालामा हुने एक विशेष प्रकारको तैलीय पदार्थलाई नोक्सान गर्छ । हाम्रो शरीरलाई आवश्यक तैलीय पदार्थ कम भएपछि सुख्खा हुने र छालामा विभिन्न समस्या निम्तिने हुनसक्छ । काखी, जाँघ, पैताला लगायतका स्थानमा दिनुहँ साबुन प्रयोग गर्नु अझ घातक हुनसक्छ ।

शरीरबाट निस्किने तैलिय पदार्थले छालाका कोषिकाहरुलाई सुरक्षित राख्न मदत गर्छ । तर, दिनहुँ नुहाएर त्यही तैलीय पदार्थ नष्ट भएपछि विभिन्न खाले छालारोग बढ्ने सम्भावना उच्च रहन्छ । जति, बास्नादार साबुन प्रयोग गर्‍यो छालामा उति नै असर पुग्ने गर्छ । बास्नादार साबुनमा केमिकलको मात्रा बढी हुन्छ । केमिकलले छालामा रहेको तैलीय पदार्थलाई द्रुत गतिमा नष्ट गरिदिन्छ ।

दिनहुँ नुहाउनु परे यसो गर्नुहोस्

दिनहुँ नुहाउने व्यक्तिले साबुनको प्रयोग गर्नुपर्छ भन्ने छैन । चिसो पानीले हल्का शरीर पखाल्दा पनि स्फुर्ति प्राप्त हुन्छ । साबुनको प्रयोग नै गर्ने हो भने नुहाउनु अघि र पछि केही सजगता अपनाउनुहोस् । नुहाउनु अघि र पछि शरीरमा तेल र क्रिम लगाउने हो भने छालामा विशेष तैलिय पदार्थ नष्ट हुनबाट जोगिन्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *