पहिलो एकदिवसीय क्रिकेटमा भारत ९ विकेटले विजयी

काठमाडौं, भदौ ५ । पहिलो एकदिवसीय क्रिकेटमा भारतले श्रीलंकालाई ९ विकेटले हराएको छ । जितसँगै भारतले पाँच म्याचको श्रृंखलामा १–० ले अग्रता लिएको छ ।

टस जितेर पहिले व्याटिङ गरेको भारतले श्रीलंकालाई २१६ रनमा समेट्यो । श्रीलंका ४३ दशमलव २ ओभरका नै अल आउट भयो । शिखर धवन र कप्तान विराट कोहलीबिच दोस्रो विकेटका लागि नटआउट १ सय ९७ रनको साझेदारी हुँदा भारत पहिलो एक दिवसीयमा विजयी भएको हो ।

भारतका शिखर धवनले ७१ बलमा नै एक सय रन बनाउँदै शतक पूरा गरेका छन् । उनले १६ चौका र दुई छक्का हानेका थिए । आफ्नो खेल जीवनमा उनले यो ११ औँ एकदिवसीय शतक पूरा गरेका हुन् । यो सँगै उनी श्रीलंका विरुद्धको खेलमा सबैभन्दा छिटो शतक बनाउने खेलाडी पनि बनेका छन् ।

खेल अविधिभर भने उनले ९० बलमा १३२ रनको योगदान दिए । त्यस्तै क्याप्टेन विराट कोहलीले ७० बलमा ८२ रन बनाए भने रोहित शर्माले १३ बलमा मात्र ४ रन  जोडे । श्रीलंका भ्रमणमा रहेको भारतले यसअघि ३ टेस्ट म्याचको श्रृङ्खला क्लिनस्वीप गरेको थियो । भारत र श्रीलंकाले ४ वटा एकदिवसीय र एउटा ट्वेन्टी ट्वेन्टी खेल्नेछन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *