प्राविधिक शिक्षाको क्षेत्रमा सेवा पु¥याए बापत झा सम्मानित

भाद्र ४, मकालु खबर । नेपाल टेक्निकल इन्सटिच्युटका संस्थापक अध्यक्ष विजय कुमार झा प्राविधिक शिक्षाको क्षेत्रमा विशेष सेवा पु¥याए बापत सम्मानित भएका छन् । फोकस नेपालद्वारा पाँचाै वार्षिक उत्सवको अवसरमा आयोजित कार्यक्रममा अध्यक्ष झालार्इ विशेष सेवा सम्मान २०७४ बाट सम्मानित गरिएको हो । उनलार्इ रक्षा मन्त्री भिमसेन दास प्रधानले सम्मान गरेका थिए ।

सम्मान कार्यक्रममा मन्त्री प्रधानले, उहाँले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय शैक्षिक तथा सेवामुलक संस्था मार्फत राष्ट्र विकास र निमार्णमा पु¥याउनुभएको योगदान चिरकालसम्म प्रशंसनीय र अतुल्नीय रहने बताए ।

जनकपुर तथा तराई क्षेत्रमा नेपाल टेक्निकल इन्सटिच्युट र सेन्ट्रल इन्जिनियरिङ्ग कलेजको स्थापना गरी अध्यक्ष झाले दुई दशक भन्दा बढी समय देखि अत्यन्त निष्ठा र समपर्णका साथ विशिष्ट प्राविधिक शिक्षासेवी तथा समाजसेवीका रूपमा निरन्तर सक्रिय रहदै आएका छन् ।

अध्यक्ष झाले समाज र राष्ट्रलाई पु¥याएको सेवा बापत सम्मानित भएकोमा आफू गौरवान्वित भएको बताए । भविष्यमा जीवन उपरान्त प्राविधिक शिक्षा र सेवाहरू प्रदान गर्ने लक्ष्यमा आफू लागि पर्ने अध्यक्ष झाले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *