११ पटक अनशन बसेका केसीले दिए फेरि अनशन बस्ने चेतावनी

काठमाडौं, भदौ ४ । प्रा.डा. गोविन्द केसीले चिकित्सा शिक्षा विधेयक यथास्थितिमा पारित नगर्न राजनीतिक दल र सरकारलाई आग्रह गर्दै नत्र फेरि अनशन बस्ने चेतावनी दिएका छन् ।

उनले विधेयक माफियामुखी संस्करण भएको र त्यसलाई कुनै पनि बेला संसद्को पूर्ण बैठकमा प्रस्तुत गरेर पारित गराउने कोसिस भइरहेको भन्दै त्यसो नगर्न चेतावनी दिएका हुन् ।

२३ दिन लामो ११ औं अनशन स्थगन गरेर त्रिवि शिक्षण अस्पतालमा उपचाररत डा. केसीले शनिबार विज्ञप्ति जारी गरी माफियाकरण गरिएको विधेयकमा सरकारले नचेते पुन: अनशन बस्ने उल्लेख गरेका हुन् । अहिलेको विधेयक माफियामुखी संस्करण हो, यसलाई कुनै पनि बेला पारित गराउने कोसिस भइरहेको छ – डा. गोविन्द केसी

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *