अक्सफोर्ड कलेजको कर र शेयर बजारबारे सेमिनार

भाद्र ३,भरतपुर । गैँडाकोट–२ मा रहेको अक्सफोर्ड कलेज अफ इन्जिनियरिङ एण्ड म्यानेजमेन्टले शनिवार कर र शेयर बजारबारे एकदिने सेमिनार गरेको छ ।

सेमिनारमा चितवन र नवलपरासी जिल्लाका ५० भन्दा बढी प्राध्यापकहरुको सहभागिता थियो । कर र यसका कानुनसम्बन्धी आन्तरिक राजश्व कार्यालय भरतपुरका कर अधिकृत टेकराज स्याङतान र शेयर बजारबारे तिलक कोइरालाले प्रशिक्षण दिएका थिए ।

अक्सफोर्ड कलेजका संस्थापक प्रिन्सिपल तथा कार्यक्रमका सभापति हरि भण्डारीले प्राध्यापकहरुलाई कर र शेयर मार्केटबारे जानकारी दिन यस्तो खालको सेमिनार आयोजना गरेको बताए । उनले भने, ‘कलेजस्तरमा ५० भन्दा बढी प्राध्यापकहरुलाई राखेर कर र शेयर मार्केटबारे जानकारी दिन गरिएको यस्तो कार्यक्रम चितवन र नवलपरासीमा यो नै पहिलो हो ।’

कार्यक्रमका प्रमुख अतिथि नवलपरासी जिल्लाका सहायक जिल्ला शिक्षा अधिकारी गोपालप्रसाद कँडेलले अक्सफोर्ड कलेजले सामाजिक उत्तरदायित्व काम गरेको बताए । उनले भने, ‘अक्सफोर्डले अरू कलेजलाई प्रेरणा दिने खालको कार्यक्रम गरेको छ, आगामी दिनमा पनि यस्ता कार्यक्रम कलेजले गरिरहोस् ।’ उनले प्राध्यापकहरुलाई कर र शेयर बजारबारे जानकारी दिएर अक्सफोर्ड सामाजिक उत्तरदायित्व बनेको बताए ।

कार्यक्रममा नवलपरासी जिल्लाका हिसानका निवर्तमान अध्यक्ष प्रकाश खनालले अक्सफोर्डले प्राध्यापकहरुलाई यस्तो सेमिनारको आयोजना गरेर जनचेतना जागृत भएको बताए । त्यस्तै, भवानीशंकर कलेजकी प्राध्यापक विजया कँडेलले शेयर बजारबारे राम्रो ज्ञान भएको बताइन् ।

कलेजका संस्थापक प्रिन्सिपल हरि भण्डारीले अतिथिहरुलाई मायाको चिनो वितरणसमेत गरेका थिए । शिक्षा क्षेत्रका दिग्गज प्राध्यापकहरुलाई बोलाएर शेयर र करबारे दिइएको प्रशिक्षण अत्यन्तै लाभदायिक भएको उपस्थित प्राध्यापकहरुले बताएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *