राप्रपाको केन्द्रिय समितिको बैठक लम्बियो

काठमाडौं, भदौ ३ । अदालतको निर्णय पर्खदै राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले केन्द्रिय समितिको बैठक लम्बाएको छ । तीन दिनका लागि भन्दै हेटौडामा सुरु केन्द्रिय समिति बैठकले सर्वोच्च अदालतको निर्णयपछि मात्र भेला समापन गर्ने तयारी गरेको हो । पार्टी विभाजनका लागि पशुपति शम्सेर राणा पक्षले निर्वाचन अयोगमा निवेदन दिएपनि ४० प्रतिशत केन्द्रिय सदस्यको संख्या नपुग्ने देखिएपछि सो पक्ष अदालतमा गएको छ ।

पार्टी विभाजनको समय बुझाएको हस्ताक्षरलाई मान्यता दिनुपर्ने राणा पक्षको जिकिर छ । थापा नेतृत्वको राप्रपाले राणा पक्षको ४० प्रतिशत केन्द्रिय समिति संख्या नपुग्ने भन्दै विभाजनको दाबी नपुग्ने बताउदै आएको छ । पार्टी विभाजनको समिक्षा गर्न हेटौडामा ३ दिनका लागि बोलाईएको बैठकमा केन्द्रिय सदस्यहरुले अदालतको निर्णयपछि मात्र पार्टीले उपयुक्त निर्णय लिनुपर्ने राय राखेपछि बैठक लम्बिएको हो । बैठक भोली सकिने तयारी रहेको राप्रपाले जनाएको छ

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *