पत्रकार महासंघमा अनावश्यक राजनीति गरेको ओलीकाे आरोप

काठमाडौं, भदौ ३ । नेकपा एमाले अध्यक्ष केपी ओलीले नेपाली कांग्रेस र माओवादी केन्द्रले पत्रकार महासंघमा अनावश्यक राजनीति गरेको आरोप लगाउनु भएको छ ।

महासंघको २५ औं महाधिवेशनको पूर्वसन्ध्यामा प्रेस चौतारी नेपालले आज राजधानीमा गरेको भेलामा अध्यक्ष ओलीले नेपाली कांग्रेस र माओवादीभित्र पत्रकारको खडेरी परेको जिकीर गर्नुभयो ।

अध्यक्ष ओलीले स्वतन्त्र प्रेसको परिभाषाभित्र कहिलेदेखि गैर पत्रकार देखिन थाले भनि प्रधानमन्त्री शेरबहादुर देउवालाई प्रश्न गर्नुभयो । एमालेले पत्रकार र तीनका संस्थालाई थिचोमिचो नगर्ने र अनावश्यक निर्देशन पनि नदिने उहाँको भनाई छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *