कोशी बाँध फुट्यो भन्ने हल्लाको पछि नलाग्न आग्रह

इनरुवा, भदौ ३ । काेशी फुट्न लाग्यो भन्ने हल्ला निराधार रहेको सुनसरीका प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद पराजुलीले बताएका छन् ।  बिहीबार राति एक्कासि कोशी बाँध फुट्यो भन्ने हल्ला फैलिएपछि त्यस्तो हल्लाको पछाडि नलाग्न प्रजिअ पराजुलीले आग्रह गरे ।

उनले कोशीमा कहीँ कतै कुनै खतरा नदेखिएकाले हल्लाको पछि नलागी आफ्नो नियमित काम गर्न जिल्लावासीलाई आग्रह गरे । आफूसहित जिल्लाका सबै सरोकारवाला निकायले कोशीको स्पर तथा बाँध अनुगमन गर्ने कामलाई निरन्तरता दिएको बताउँदै कोशीमा अहिलेको अवस्थामा कुनै खतरा नरहेको बताए ।  उनले कोशीको सबै तटबन्ध सुरक्षित रहेकाले कोशी फुट्ने कुरा निराधार भएको बताए ।

अहिले कोशीमा पानीको बहाव एक लाख ७० हजार ६१५ क्युसेक प्रतिसेकेण्ड रहेको र २२ ढोका खोलिएको छ । कोशीको विषयमा भ्रामक हल्ला फैलाउनेको खोजी थालिएको बताउँदै त्यस्ता व्यक्तिलाई कानुनी कारबाही गर्नेसमेत बताए ।

कोशी फुट्यो भनेर झुटो हल्ला फैलाउनेको पत्ता लगाई कडा कारबाही गरिने सुनसरीका प्रहरी प्रमुख विद्यानन्द माझीले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *