के भने पूर्व प्रधानमन्त्री नेपालले उत्तर कोरियाबाट फर्किएपछि ?

काठमाडौं, भदौ ३ । नेकपा (एमाले)का नेता एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले बाढी पहिरो प्रभावितलाई राहत तथा विस्थापितलाई आवासको व्यवस्था गर्न सरकारलाई आग्रह गरेका छन् ।

उत्तर कोरियाको साताव्यापी भ्रमणगरी स्वदेश फर्केपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सन्चारकर्मीसँग शनिबार (आज) संक्षिप्त कुराकानीमा उनले प्राकृतिक प्रकोपमा ज्यान गुमाएकाप्रति दुःख व्यक्त गर्दै पीडितलाई न्यायोचित ढंगले राहत वितरण गर्नुपर्नेमा जोड दिए ।

प्रदेश र केन्द्रीय चुनाव एकैपटक गर्ने तीन दलीय सहमतिको स्वागत गर्दै नेता नेपालले निर्धारित समयभित्र निर्वाचन सम्पन्न भएपछि संविधानको पूर्ण कार्यान्वयन हुने र मुलुकले पूर्वाधार विकास तथा आर्थिक समृद्धिमा गति लिने बताए ।

एसियाली सांसदको भेलामा सहभागी भएका पूर्व प्रधानमन्त्री नेपालले शस्त्र न्यूनीकरणका विषयमा उत्तर कोरिया र संयुक्त राज्य अमेरिकाबीचमा देखिएको तनावलाई कूटनीतिक माध्यमबाट वार्ता गरी समाधान खोज्न सुझाए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *