राष्ट्रपति भण्डारीसँग शीर्ष नेताको छलफल, विभिन्न विषयमा राष्ट्रपतिद्वारा ध्यानाकर्षण

काठमाडौं, भदौ ३ । राष्ट्रपति विद्यादेवी भण्डारीले संसदमा छलफलको क्रममा रहेको संविधान संशोधन विधेयक सहमतिको आधारमा अघि बढाउन दलहरुलाई सुझाव दिनु भएको छ । प्रधानमन्त्रीसहित प्रमुख तीन दलका शिर्ष नेताहरुसँग आज शितल निवासमा भएको भेटमा उहाँले सबै दल मिलेर सहमति बनाएर संविधान संशोधन गर्न सुझाव दिएको कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले जानकारी दिनुभयो ।

उहाँले बाढी पहिरो लगायतका प्राकृतिक विपदको स्थायी समाधान खोज्न प्रमुख दललाई सुझाव दिनुभएको छ । राष्ट्रपति भण्डारीले बाढीपीडितका लागि राहत र पुनर्निर्माणको काम गर्न आग्रह गर्दै नदी नियन्त्रण गर्न स्थायी समाधान खोज्न आग्रह गरेको पौडेलले बताउनुभयो । छलफलको क्रममा प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रपतिको भनाईलाई सरकारले गम्भीर रुपमा लिएको र कार्यान्वयन गर्न प्रयास गर्ने बताउनु भएको थियो । राष्ट्रपतिसँगको भेटमा प्रधानमन्त्री देउवा, कांग्रेस बरिष्ठ नेता रामचन्द्र पौडेल, एमाले अध्यक्ष केपी ओली, एमाले उपाध्यक्ष बामदेब गौतम, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र नेता नारायणकाजी श्रेष्ठ सहभागी हुनुहुन्थ्यो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *