दुईतहको निर्वाचन एकै पटकमा गर्न आयोगको तयारी

काठमाडौं, भदौ ३ । प्रदेश र संघीय चुनाव एकै मितिमागर्न दलहरु सहमत भएपछि निर्वाचनआयोगले आन्तरिक तयारी थालेको छ । प्रदेश र संसदको चुनाव एकै पटकमा गर्ने प्रमूखदलहरुको सहमति भईरहँदा निर्वाचन आयोगले प्राविधिक हिसावले गाह्रो पर्ने बताइरहेको थियो । तर आन्तरिक सहमतिपछि दलहरुले निर्वाचन आयोगलाई पनिमनाएका छन् ।

एकै पटकमा दुईतहको निर्वाचन गर्न आयोगका केहि शर्तहरु रहेको निर्वाचन आयोगका प्रवक्ता सुर्यप्रसाद शर्माले बताउनुभयो । तर चुनाव एकै चरणमा गर्नेकिचरण चरणमा गर्ने भन्नेमादल र आयोग बीचएकमत छैन । आयोगले पहाडी र हिमाली जिल्लामा पहिलो चरण र बाँकी जिल्लामा दोस्रो चरणमा चुनावगर्दा सहजहुने बताईरहेको छ । तर दलहरु एकै चरणमा चुनावगर्नुपर्नेमाजोड दिईरहेका छन् ।

यसबारेमा आयोग सँग थप छलफल गरेर एकदुई दिनमा टुंगो लगाउने दलहरुको तयारी रहेको एमाले बरिष्ठ नेता झलनाथ खनालको भनाई छ । दुई चरणको स्थानीय तहको चुनाव बहिस्कार गरेको राजपा संविधान संसोधन नभई तेस्रो चरणको स्थानीय चुनावमा सहभागी नहुने बताईरहेको छ । यस्तोमा प्रदेश र संघिय चुनावबारे राजपाको धारणा सार्वजनिक भईसकेको छैन । संविधान संसोधन विधेयक टुंगो लागेपछि मात्र यस बारेमा धारण सार्वजनिक गर्ने राष्ट्रिय जनता पार्टीका नेता महेन्द्रराय यादवले बताउनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *