प्रदेशनम्बर २ मा हुने स्थानीय तहको चुनावको लागि आयोगको तयारी तिब्र


“
काठमाडौं, भदौ ३ । निर्वाचन आयोगले असोज २ गते प्रदेश नम्बर २ माहुने स्थानीय तहको निर्वाचनको तयारी तिब्र पारेको छ । प्रदेशनम्बर २ का ८ जिल्लाका १ सय ३६ स्थानीय तहमा असोज २ गते स्थानीय तहको तेस्रो चरणको निर्वाचन हुँदैछ । निर्वाचनका लागि आवश्यक पर्ने मतपत्र, मतपेटिका लगाएतका सामानहरु जिल्ला, जिल्लामा पु¥याउने, थपिएका स्थानीय तहमा मतदाता नामावली संकलनको कामलाई व्यवस्थितगर्ने कामअहिले भैरहेको आयोगले जनाएको छ ।
भदौ ७ गते भित्र आफ्नो कार्यालय स्थापना गरिसक्न निर्वाचन आयोगले मुख्यनिर्वाचन अधिकृतहरुलाई आग्रह गरेको छ भने निर्वाचन अधिकृतले भदौ १२ गते आफ्नो कार्यालय स्थापना गर्नुपर्ने छ । मुख्यनिर्वाचन अधिकृतको लागि भोली र पर्सि २ दिन तालिम सञ्चालन हुने र त्यसपछि निर्वाचन तयारीको काम अझै तिब्र हुने आयोगका प्रवक्ता सुर्यप्रसाद शर्माले जानकारी दिनुभयो ।
निर्वाचन आयोगले निर्वाचन आचारसंहिता उल्लंघन गर्नेलाई कारवाहीगर्ने पनि जनाएको छ । निर्वाचनलाई स्वच्छ र धाँधली रहिततरिकाले सम्पन्न गराउन निर्वाचन आचारसंहिता लागू गरेकाले आचारसंहिताको पालना गरिदिन आयोगले सबैलाई आग्रहपनि गरेको छ ।
“
