फ्रेन्च लिग वानमा मोनाकोले बनायो जितको कीर्तिमान

काठमाडौं, भदौ ३ । फ्रेन्च लिग वानमा मोनाकोले जितको कीर्तिमान बनाएको छ । लगातार १५ औं जित निकाल्दै मोनाकोले कीर्तिमान बनाएको हो ।

शुक्रबार राति भएको खेलमा मोनाकोले मेट्जलाई १–० गोलअन्तरले पराजित गरेको हो । मोनाकोको जितमा राडामेल फालकाओले खेलको ७८ औं मिनेटमा निर्णायक गोल गरेका थिए ।

यो सिजनमा लगातार तीन खेल जितेको मोनाकोले अघिल्लो सिजनको पछिल्ला १२ खेलमा शतप्रतिशत नतिजा निकालेको थियो ।

लिग वानमा लगातार १५ खेल जित्ने मोनाको पहिलो क्लव भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *