भक्तजनहरुको सधै एउटै प्रश्न : के तपाई महिनावारी हुनुभएको छ ?

बंगलामुखीमा दैनिक फूल तथा पुजाको सामग्री बेचेर जीवन चलाउँने करिव एक दर्जन महिला छन् । आम्दानी र गुजाराका हिसावले यो व्यापार सहजभए पनि फूलका ग्राहकले हरेक पटक महिनावारीका बारेमा सोध्छन् । 

गोमा परियार

काठमाडौं, भदौ ३ । ललितपुरकी नानीमैया महर्जनले(५४) बंगलामुखी मन्दिर अगाडी पूजाका सामाग्री बेच्चन थालेको २० वर्ष भयो । तर उनकोमा पूजा सामाग्री किन्न आउने प्राय भक्तजनले उनलाई एउटै प्रश्न सोध्ने गर्छन् ।

के तपाई महिनावारी हुनुभएको छ ? यो प्रश्नले उनलाई कहिले काहीँ आफ्नै पेशाप्रति बितृष्णा जगाउँछ । यो समस्या नानीमैयाको मात्र नभएर प्राय मन्दिर अगाडि फूलको व्यापार गर्ने अधिकाशं महिलाको पीडा हो । ‘भगवानलाई चढाउने फूल शुद्ध हुनुपर्छ  ।

फूलबेच्ने महिला व्यापारी पनि यो धर्मभन्दा वाहिरका त छैनम ।  हामी महिनावारी हुँदा फूल बेच्न आउँदैनौ,’ नानीमैयाले निरास हुदै गुनासो पोखिन् ।

सोही ठाउँमा १० वर्षदेखि मिना श्रेष्ठ (५०) पनि दियो बेच्दै आएकी छिन् । उनी अहिले महिनावारी हुन्नन् । तर, पनि उनलाई सोही प्रश्न पटक–पटक सोधिन्छ । पहिला म महिनावारी हुँदा दियो बेच्न आउदिनथे घरका अन्य व्याक्ति आउने गर्थे ।

मेरो महिनावारी सुकेको पनि ४ वर्ष  भइस्क्यो । तर पनि दियो किन्न आउने भक्तजनले महिनावारी भएको छैन भनेपछि मात्रै दियो किन्नुहुन्छ । महिनावारी भइरहने महिला पनि सो समयमा पूजा समाग्री बेच्न नआउने अन्य महिला व्यापारी बताउँन् ।

पुरुषलाई सोधिदैन 

सोही ठाउँमा विगत १५ वर्षदेखि पूजा सामाग्री व्यापारी कृष्णा शाक्यलाई भने यस्ता प्रश्नको सामान कहिले गर्नु पर्दैन । उनलाई मिति, जुठो, चोखो, के छौ जस्ता प्रश्न कहिले न त सुन्नु उत्तर दिननै । ‘पुरुषहरु सधैँ चोखो हुन्छन् भन्ने मान्यता छ । त्यही भएर पनि होला मलाई यहाँ फूल बेच्ने महिलाहरुलाई सोधिने प्रश्नहरुको उत्तर दिनुपर्दैन,’ कृष्णाले भने ।

घरखर्च चलाउने आधार 

रमिता श्रेष्ठ (३०) लाई पनि मिना र नानीमैयालाई जस्तै प्रश्न गरिन्छ । भक्तजनको प्रश्नले दिक्क भएपनि उनीहरुको यो पेशा घरखर्च चलाउने आधार हो ।

तिनैजनाले आफ्नो सानो सानो खर्चदेखि बालबच्चा स्कूल पढाउन समेत यही व्यापारबाट जुटाउने गरेका छन् ।‘पाँच सयदेखि कहिले  २५ सयसम्म दैनिक कमाइ हुन्छ । यही कमाईले घरखर्च चलाउन सहयोग भैरहेको छ,’ रमिताले भनिन् । सबै प्रकारका भक्तजन आउने हुनाले उनीहरुको प्रश्नले के असर गर्छ भन्दा नी आफुले घरखर्च चलाउन काम गर्नुछ भन्ने कुरा आफुले बुझेको रमिता बताउछिन् । ‘भक्तजनहरुको प्रश्नले दिग्न लागेपनि हाम्रो लागि यो घरखर्च चलाउने आधार हो त्यसैले धेरै वर्षदेखि यही पेशालाई निरन्तरता दिदै आएका छौ’ रमिताले भनिन् ।

के भन्छन् पण्डित  ?

हिन्दु ग्रन्थमा महिनावारी भएकी महिलाले फूल चढाउनु हुदैन भनिएको छ । महिनावारी हुँदा फूल तथा पूजाका सामग्री बेच्नु हुँदैन । किनभने महिनावारीको समयमा महिलाको शरीरबाट नकारात्मक उर्जा उत्पन्न हुन्छ । त्यो नकारात्मक उर्जाले पवित्र कुराहरुलाई हानी पु¥याउने गर्ने कुरा ज्योतिसी राजेन्द्र कुमार घिमिरे बताउँछन्

महिनावारीका बारेमा केहि टिप्सड्ड महिनावारी एक शारीरिक परिवर्तन हो ।

– महिनावारीले महिला अब गर्भधारण गर्न सक्ने भई भन्ने संकेत दिन्छ ।

– सामान्यतया १० देखि १४ वर्षको उमेरमा महिनावारी सुरु हुन्छ ।

–  महिनावारीको समयमा सफा हुनु पर्छ ।

– तर, महिनावारीको समयमा छुनु हुँदैन् भन्ने मान्यतामा वैज्ञानीकता छैन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *