नाट्यकर्मीहरुलाई १ लाखको बिमा


भाद्र २, काठमाडौँ । नेपाली नाट्यकर्मीहरुका लागि कार्यस्थलमा हुने दुर्घटनाका लागि रु १ लाख बराबरको बिमा गरिने भएको छ । नाट्यकर्मी महासङ्घद्वारा आयोजित एक कार्यक्रममा महासङ्घ र राष्ट्रिय बिमा कम्पनी बिच सो सम्बन्धी सम्झौता गरिएको छ ।

नाट्यकर्मी महासङ्घले मासिक रूपमा आयोजना गर्न सुरु गरेको ‘नाट्य विमर्श’ कार्यक्रम अन्तर्गत पहिलो श्रृंखलामा ‘नाट्यकर्मीहरुको सामाजिक सुरक्षा’ विषयक बहस सञ्चालन गरिएको थियो । सोही कार्यक्रममा सो सम्झौता समेत गरिएको हो ।

कार्यक्रममा वरिष्ठ नाट्यकर्मी हरिहर शर्माले नाट्यकर्मी महासङ्घले नाट्यकर्मीहरुको हितका लागि अहिलेसम्म कसैले नसोचेको यो कार्यक्रम ल्याएर ठुलो कार्य गरेका बताए । उनले नाट्यकर्मीहरुको काम नाटक गर्नु भएकोले जस्तो सुकै परिस्थिति आए पनि नाटक गरिरहनु पर्ने बताए ।

वरिष्ठ नाट्यकर्मी अशेष मल्लले नाट्यकर्मीहरुको सुरक्षाको कार्यक्रम सङ्गीत नाट्य प्रज्ञा प्रतिष्ठानले ल्याउनु पर्ने भए पनि प्रतिष्ठान साना साना ईभेन्टहरुमै अल्मलिएको बताए । प्रतिष्ठानको लागि आफूहरूले आन्दोलन, अनसन आदि गरेर स्थापना भएको भएतापनि अहिले आएर यसको क्रियाकलाप र कार्यक्रमहरू हेर्दा यसको औचित्य नभएको विचार व्यक्त गरे । उनले भने –‘यसरी नै राजनैतिक भर्ती केन्द्रका रूपमा मात्र हो भने बरु यसको बजेट गाउँ“पालिकाको वडाध्यक्षलाई हस्तान्तरण गरिदिए हुन्छ, प्रज्ञा प्रतिष्ठान भन्दा त वडाध्यक्षले बढी राम्रो काम गर्छन् ।’

विमर्शका लागि नाट्यकर्मीहरुको सामाजिक सुरक्षा विषयमा कार्यपत्र पेस गर्दै महासङ्घका महासचिव राजेन्द्र रिमालले नाटक गर्दागर्दै नाट्यकर्मीको मृत्यु भएमा वा दुर्घटना भई घाइते भएमा त्यसलाई कसले सम्बोधन गर्ने र त्यसको जिम्मेवारी कसले लिने भन्ने प्रश्न गरे । उनले अहिले पनि नाट्यकर्मी ज्वाईं र नाट्यकर्मी बुहारी ल्याउन हच्किने समाजबाट नै नाट्यकर्मीहरुको सामाजिक मानक स्पष्ट हुने कुरा कार्यपत्रमा प्रस्तुत गरे । उनले नाट्यकर्मीहरुको सुरक्षाका लागि तीन किसिमको कार्यक्रम ल्याउनु पर्ने कुरा औंल्याए । घटना हुनै नदिने पूर्व तयारी, भईहाले तत्कालीन उद्धारको योजना र त्यसपछि आवश्यक क्षतिपूर्तिको कार्यक्रम अनिवार्य गर्नु पर्ने रिमालले बताए ।

महासङ्घका अध्यक्ष विजय विस्फोटले गैरसरकारी संस्थाहरूले सञ्चालन गरिरहेको सडक नाटक प्रदर्शनको कार्यक्रमहरूमा सहभागी हुने नाट्यकर्मीहरुको अनिवार्य दुर्घटना बिमा गरेकै हुनु पर्ने दिशामा महासङ्घ लाग्ने बताए । नाट्यकर्मीहरुको बिमा नगरिएको सडक नाटक स्वीकृत गर्न नदिने समेत बताए । उनले महासङ्घको स्थापना पश्चात् भएका उपलब्धिहरुका बारेमा बहस कार्यक्रममा जानकारी पनि गराएका थिए ।

बहसमा सहभागी नाट्यकर्मीहरुले सुरक्षा र बिमा सम्बन्धी विभिन्न जिज्ञाशाहरु राखेका थिए । साथै सुरक्षाको सवाल संवेदनशील समेत हुने बताऊ“दै विभिन्न सुझावहरू दिएका थिए । कार्यक्रममा सा“स्कृतिक संस्थानका महाप्रबन्धक राजेश थापाले सांस्कृतिक संस्थानले नाट्यकर्मीहरुको समस्याका बारेमा अझ बढी नजीकबाट बुभ्mनका लागि महासङ्घ सँग सहकार्य गरी बहसको थालनी गर्न खोजेको बताऊ“दै कार्यक्रमको औचित्य पुष्टि गरे । उनले यो बहस कार्यक्रममा खास गरी तीन वटा काम गर्नु पर्ने बताए । नाट्यकर्मीहरुको समस्या पहिचान, समस्याको कारणको पहिचान र समस्या समाधानको कार्ययोजना बनाई अघि बढ्नु पर्ने औंल्याए ।

कार्यक्रममा महासङ्घका उपाध्यक्ष प्रवीण पुमाले बहस कार्यक्रमको बारेमा बताएका थिए भने बिमा कम्पनीका तारा चौलागाईंले बिमा सम्बन्धमा बोलेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *