कम्युनिष्ट पार्टीहरुको एकतामा माओवादी अध्यक्ष प्रचण्डको जोड

काठमाडौं, भदौ २ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कम्युनिष्ट पार्टीहरुको एकतामा जोड दिनुभएको छ । पार्टीको भ्रातृसंगठन योङ कम्युनिष्ट लिगको दोस्रो राष्ट्रिय सम्मेलनको आज राजधानीमा उद्घाटन गर्दै उहाँले कम्युनिष्टबीच एकता गर्नुको विकल्प नभएको बताउनुभयो ।

सबै कम्युनिष्ट पार्टी फुटेर होइन, जुटेर राष्ट्रियताका पक्षमा लाग्नुपर्ने उहाँको भनाइ थियो । आफ्नो पार्टीको सम्पूर्ण शक्ति प्रदेश नम्बर–२ को स्थानीय तह निर्वाचनमा केन्द्रित भएको भन्दै दाहालले आफ्नो ठाउँबाट भूमिका खेल्न वाइसीएललाई आग्रह गर्नुभयो । कार्यक्रममा पार्टी उपाध्यक्ष नारायणकाजी श्रेष्ठले पार्टीलाई वैचारिक शक्ति केन्द्र बनाउनुपर्नेमा जोड दिनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *