प्रदेश २ को चुनावको तयारीका लागि सरकारलाई आयोगको १७ बुँदे निर्देशन

काठमाडौं, भदौ २ । निर्वाचन आयोगले प्रदेश २ मा हुने स्थानीय चुनावका लागि ७ दिन विद्यालय बन्दको व्यवस्था मिलाउन सरकारलाई निर्देशन दिएको छ । आयोगका अनुसार भदौ २७ देखि मतदान हुने दिन असोज २ गतेसम्म विद्यालय बन्द गर्न भनेको हो । निर्वाचनको लागि मतदान केन्द्र विद्यालय भवन तथा कम्पाउण्ड भित्र राखिनेछ ।

आयोगको आज बसेको बैठकले विद्यालय भवन तथा कम्पाउण्ड वाल भत्किएको वा नभएको भए तत्काल निर्माण तथा मर्मत गर्न पनि भनेको छ । आयोगको आज बसेको बैठकले प्रदेश २ को चुनावको तयारीका लागि सरकारलाई १७ बुँदे निर्देशन दिएको छ । मागेको कर्मचारी तुरून्त खटाई पठाउन, आयोग तथा सुरक्षा निकायका सञ्चार सम्पर्क उपकरण तयारी अवस्था राख्न र सुरक्षाको उचित प्रवन्ध मिलाउन भनेको पनि आयोगले सरकारलाई आग्रह गरेको छ ।

यस्तै, आयोगले तेस्रो चरणको चुनाव सफल पार्न आवश्यक सुरक्षा व्यवस्थाका लागि गृह मन्त्रालयलाई निर्देश पनि दिएको छ । निर्वाचन बिथोल्न खोज्ने शंकास्पद व्यक्तिलाई सार्वजनिक अपराध ऐन अन्तर्गत पक्राउ तथा सजाय दिलाउने व्यवस्था गर्न पनि आयोगले गृहमन्त्रालयलाई निर्देशन दिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *