धरानमा अज्ञात रोगबाट चार जनाको मृत्यु

भरतराज शर्मा(गोपाल), धरान । सुनसरीको धरान स्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अज्ञात रोगबाट ४ जनाको मृत्यु भएको छ । मृत्यु हुनेहरु सबै ६ देखि १४ वर्षका बालबालिका रहेका छन् । सो रोगका बिरामीहरुमा उच्च ज्वरो आउने, रगत छाद्ने, पेट दुख्ने लक्षण देखिएको उपचारमा संलग्न चिकित्सक डा. प्रकाश पौडेलले जानकारी दिनुभयो ।

“”ज्वरो आएर आएका हुन्छन्, हामीले डाइग्नोसिस गर्न नपाउँदै रगत वान्ता गर्ने, पेट दुख्ने र श्वास फेर्न नसक्ने भई एक दुई घण्टा मै मृत्यु भईहाल्छ हामीले अहिले सम्म रोगबारे थाहा पाउन सकेका छैनौ,” डा पौडेलले भन्नुभयो ।


स्क्रफ टाइफस, डेंगु, हान्टा भाइरस जस्तै कुनै कमन हुन सक्छ तर हामीले परीक्षण गर्न नपाई तत्कालै बिरामीको मृत्यु भईहाल्छ । भाइरल हेमोरेजिक फिभर हुनसक्ने डा. पौडेलले बताउनुभयो । साउन १५, २४, ३१ र भदौ १ गते ती बच्चाहरू प्रतिष्ठानको पेडियाट्रिक इमरजेन्सीमा उपचारका लागि ल्याइएका थिए ।

मृतकहरुमा इटहरी–१० सुनसरीका राजु कार्की, कन्चनपुर–१० सप्तरीका, प्रितीकुमारी चौधरी ठोकशिला–९ उदयपुरका प्रशान्त राई र धरान–१७ का विकल्प राई रहेको प्रतिष्ठानका सूचना अधिकृत सुजेन्द्र तामाङले जानकारी दिुभएको छ । उता प्रतिष्ठानले काठमाण्डौंको टेकुस्थित इपिडेमीयोलोजी तथा रोग नियन्त्रण महाशाखालाई यसबारे जानकारी गराएको बताइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *